डाना ब्रुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डाना ब्रुक
सन् २०१७ मेमा ब्रुक
वास्तविक नामएस्ली मे सेबिरा[१]
जन्म (1988-11-29) नोभेम्बर २९, १९८८ (उमेर ३५)[१]
सेभेन हिल्स, ओहायो, अमेरिका[१]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामडाना ब्रुक[२]
उचाई५ फिट ३ इन्च (१६० सेमी)[३][४]
तौल१२५ पाउन्ड (८ स्टोन १३ पाउन्ड; ५७ किग्रा)[४]
उत्पत्तिक्लेभभल्यान्ड, ओहायो[३]
प्रशिक्षकडब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र
पदार्पण१८ सेप्टेम्बर २०१४[१]

एस्ली मे सेबिरा (जन्म: २९ नोभेम्बर १९८८) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी तथा अभिनेत्री हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी डाना ब्रुकको नामले कुस्ती खेल्ने गर्छिन्। सन् २०१३ मा सेबिराले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यस अवधिमा ओर्लान्डो, फ्लोरिडा स्थित डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रमा आफ्नो कुस्ती कार्यकाल अगाडि बढाएकी थिइन्।[५]


सन् २०१५ सम्ममा ब्रुकले अस्ट्रेलियाली महिला कुस्ती खेलाडी एमासँग सहकार्य गरेकी थिइन् तर सन् २०१६ मा एमालाई चोट लागेका कारण उनीहरूको टोली विघटन भएको थियो। सन् २०१६ मा ब्रुकले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षत्रमा पर्दापण गरेकी थिइन् भने उनीले उक्त कार्यक्षेत्रमा पर्दापण गरेपछि सार्लेटसँग सन् २०१६ देखि सन् २०१७ सम्म सहकार्य गरेकी थिइन्। सन् २०१७ को अन्त्य तिर ब्रुकले टाइटस वर्ल्ड वाइसको सदस्यता लिएकी थिइन् जसमा अपोलो क्रुज र टाइटस ओ'निल रहेका थिए भने सन् २०१८ मा उनले उक्त टोली छाडेकी थिइन्। सन् २०१९ मा उनी डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउनमा देखा पर्न र विभिन्न एकल खेलहरू खेल्न सुरु गरेकी थिइन्। ब्रुकले सन् २०१९ मा डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा पुनः हस्ताक्षर गर्दै उक्त पदोन्नतिमा पाँच वर्ष कुस्ती खेल्ने भएकी छिन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

एस्ली मे सेबिराको जन्म सन् १९८८ नोभेम्बर २९ का दिन अमेरिकाको सेभेन हिल्स, ओहायोमा भएको थियो।[६] उनी कुस्ती तथा शारीरिक सुगठन बन्नु भन्दा अगाडि सवारी चालक थिइन् भने १८ वर्षको उमेरमा उनले कसरत गर्न तथा कसरत गराउनु विभिन्न संस्थाहरूमा आवद्ध भएकी थिइन्।[७] पछि कसरत गर्ने क्रममा उनलाई खुट्टा तथा कुहिनामा चोट लागेका करण उनले पछि शारीरिक सुगठन प्रतियोगिताहरूमा भाग लिन सुरु गरेकी थिइन्।[८]

व्यवसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

एनएक्सटी (सन् २०१३–२०१६)[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा ब्रुक

सन् २०१३ जुलाईमा सेबिराले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यस अवधिमा ओर्लान्डो, फ्लोरिडा स्थित डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रमा आफ्नो कुस्ती कार्यकाल अगाडि बढाएकी थिइन् जहाँ उनले आफ्नो रिङ नाम डाना ब्रुक राखेकी थिइन्।[९] सन् २०१४ सेप्टेम्बर ११ मा उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमन पर्दापण गरेकी थिइन् जहाँ उनले आफ्नो पहिलो खेलको रूपमा एक फ्याटल फोर वे खेलमा (चार जना बीचको खेल) समावेश भएकी थिइन् जुन एनएक्सटीको वार्सिक कार्यक्रम एनएक्सटी टेक ओभरमा आयोजना गरिएको थियोे।[१०] उक्त खेलको एक हप्ता पश्चात् ब्रुकले अर्को खेल एनएनक्सटीक‍ एक प्रत्यक्ष कार्यक्रममा खेलेकी थिइन् जहाँ उनी र सासा बेङ्क्सको टोली अलेक्सा ब्लिस र बेइलीसँग एब ट्याग टिम खेलमा पराजित भएका थिए। [११] सन् २०१५ अप्रिल १५ का दिन एनएक्सटीको एक श्रृङ्खलामा ब्रुकले पहिलोपटक दुरदर्सनमा पर्दापण गरेकी थिइन् जहाँ उनले एकल खेलमन ब्लु पेन्टलाई हराउन सफल भएकी थिइन्।[१२][१३] सन् २०१५ अप्रिल २९ का दिन ब्रुकले एमाको साथ मिलेर बेइलीलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् जुन खेल २९ अप्रिल एनएक्सटीको एक श्रृङ्खलामा आयोजना गरिएक‍ थियो। एमाको साथ मिलेर बेइलीलाई एकल खेलमा पराजित गर्न सफल भएपछि एमा र ब्रुकले एक टोली गठन गरेका थिए।[१४][१५][१६] मे २० का दिन आयोजित एनएक्सटी टेक ओभर: अनस्टपएभलमा एमा बेइली र सार्लेटसँगको खेलमा पराजित भएकी थिइन्। एमा र ब्रुकले पछि एकअर्काको खेलमा प्रबन्धकको रूपमा काम गरेकन थिए भने उनीहरू पछि एक टोलीको रूपमन पनि एनएक्सटीका विभिन्न ट्याग टिम खेलहरूमा समावेश भएका थिए। [१७]

अगष्ट २२ का दिन डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीले आयोजना गरेको एनएक्सटी टेक ओभर: ब्रोक्लेनमा (जुन २६ अगष्ट एनएक्सटीको एक श्रृङ्खलामा प्रसारण गरिएको थियो) एमा र ब्रुक एक फेटल फोर वे खेलमा सामेल भएका थिए भने उक्त खेल एमाले बेकी लिन्चलाई हराउँदै विजेता बन्न सफल भएकी थिइन्।[१८] ब्रुक र इमाले २३ सेप्टेम्बर एनएक्सटीको एक श्रृङ्खलामा असुकालाई अवरोध पुर्‍याएका थिए जसकारण उनीहरूको बीच द्वन्द्वको सुरुवात भएको थियो। अक्टोबर ७ का दिन आयोजित एनएक्सटी टेक ओभर: रिस्पेक्टमा ब्रुक र असुका बीचको खेल आयोजना गरिएको थियो जहाँ ब्रुक असुकासँग पराजित भएकी थिइन्। १६ डिसेम्बर २०१५ का दिन एनएक्सटी टेकओभर: लण्डनमा एमा र असुका बीचको खेल आयोजना गरिएको थियो जहाँ एमा ब्रुकको अवरोधका कारण पनि पराजित भएकी थिइन्।[१९][२०][२१] सन् २०१६ मार्च २३ का दिन पुनः एमा र असुका बीचक‍ खेल आयोजना एनएक्सटी टेकओभर: लण्डनमा आयोजना गरिएको थियो जुन खेलमा एमा असुकासँग पराजित भएकी थिइन् भने उक्त खेलमा ब्रुकले एमाको खेल प्रबन्धकको रूपमन काम गरेकी थिइन्।[२२] उक्त खेलमा एमाको हारसँगै ब्रुकको उक्त पदोन्नति अन्तर्गतको अन्तिम उपस्थिति थियो। [२३]

मुख्य कार्यक्षेत्रमा पर्दापण तथा सार्लेटसँगको सहकार्य (सन् २०१६–२०१७)[सम्पादन गर्नुहोस्]

सन् २०१६ मे ९ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा ब्रुकले एमाको साथमा डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् जहाँ उनी र एमाले नेपथ्यमा बेकी लिन्चलाई आक्रमण गरेका थिए।[२४] उक्त घटनाको तीन दिन पश्चात् आयोजित डब्ल्युडब्ल्युई स्म्याकडाउनको एक श्रृङ्खलामा उनी उक्त पदोन्नति अन्तर्गत पहिलो खेल बेकी लिन्चको विरुद्धमा खेलेकी थिइन् भने उक्त खेलमा एमाको हस्तक्षेपका कारण ब्रुकले खेल जित्न सफल भएकी थिइन्।[२५] उक्त खेलको केही दिन पछि आयोजित डब्ल्युडब्ल्युईको प्रत्यक्ष कार्यक्रममा एमाको खुट्टामा चोट लागेका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो जसकारण ब्रुक साथी बिहिन बनेकी थिइन्।[२६] २२ मे २०१६ मा आयोजित एक्सट्रिम रुल पे-पर-भ्युमा रिक फ्लेयरलाई रिङको छेउमा आउन प्रतिबन्ध लगाइएको थियो तर उक्त खेलमा ब्रुकले फ्लेयरको पोशाक लगाउँदै पर्दामा देखिएपछि उक्त मौकाको फाइदा उठाउँदै सार्लेटले निटालियालाई हराएकी थिइन्।[२७] त्यसको अर्को हप्ता ब्रुकले तात्कालिक महिला विजेता सार्लेट फ्लेयरसँग सहकार्य गरेकी थिइन्। [२८][२९]

जुन १९ मा आयोजित मनि इन द बेङ्क पे-पर-भ्युमा सार्लेट र ब्रुकको सामना नेटालिया र बिकी लिञ्चसँग भएको थियो भने उक्त खेलमा ब्रुक र सार्लेटले जित हासिल गरेका थिए।[३०][३१] जुन २० को एक श्रृङ्खलामा सार्लेटले उनको महिला उपाधि लागि पेज मैदान उत्रिएकी थिइन् तर उक्त खेलमा ब्रुकले अवरोध पुर्‍याएका कारण सार्लेटले पेजलाई हराएकी थिइन् र खेलको समाप्ति पछि दुवै सार्लेट र ब्रुकले पेजलाई आक्रमण गरका थिए भने पेजलाई आक्रमणबाट बचाउन सासा बेङ्क्स आएकी थिइन्।[३१][३२] त्यसपछिको हप्ता बेङ्क्स र पेजको सामना ब्रुक र सार्लेटको विरुद्धमा भएको थियो जहाँ पेज र बेङ्क्सले जित हासिल गरेका थिए।[३३] जुलाई २४ मा आयोजित ब्याटलग्राउण्ड पे-पर-भ्युमा बेङ्क्स र एनएक्सटीबाट मुख्य कार्यसूचीमा पर्दापण गरेकी बेइलीले सार्लेट र ब्रुकलाई एक ट्याग टिम खेलमा हराएका थिए।[३४][३५][३६] १३ मार्च २०१७ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा ब्रुक सासा बेङ्क्ससँग पराजित भएपछि सार्लेटले ब्रुकलाई लज्जित पारेकी थिइन् जसकारण ब्रुकले सार्लेटलाई आक्रमण गर्दै उनीहरू बीचको सम्बन्धलाई अन्त्य गर्दै द्वन्द्वको सुरुवात गरेकी थिइन्।[३७] त्यस घटनाको एक हप्तापछि ब्रुक र सार्लेट बीचको खेल आयोजना गरिएको थियो जसमा ब्रुक सार्लेटसँग पराजित भएकी थिइन्।[३८] सार्लेट फ्लेयर पछि स्म्याकडाउनमा सरुवा भएपछि उनीहरू बीचको द्वन्द्व अन्त्य भएको थियो। [३९][४०][४१][४२][४३][४४]

एकल प्रतिस्पर्धा तथा टाइटस वर्ल्ड वाइड (सन् २०१७–२०१९)[सम्पादन गर्नुहोस्]

सन् २०१८ अप्रिलमा ब्रुक

सन् २०१७ को अन्त्य तिर ब्रुक अपोलो क्रुज र टाइटस ओ'निलसँग सहकार्य गर्दै टाइटस वर्ल्ड वाइड नामक एक समूहको गठन गरेका थिए।[४५][४६][४७][४८][४९] सन् २०१८ जनवरी २८ का दिन आयोजित पहिलो महिला रोयल रम्बलमा ब्रुकले भाग लिँदै ८ औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् भने उनले उक्त खेलमा काइरी सेनले खेलबाट निस्कासन गराउन सफल रहेपनि उनी रिङ प्रवेश गरेको २ मिनेट ५९ सेकेन्डमा उनलाई इभ टोरेजले खेलबाट निस्कासन गराएकी थिइन्।[५०] सन् २०१८ अप्रिल ८ का दिन आयोजित रेसलमेनियाको ३४औँ श्रृङ्खलामा ब्रुकले महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उनलाई उक्त खेलबाट मेन्डी रोजले निस्कासन गराएकी थिइन्।[५१] सन् २०१८ सेप्टेम्बर ३ का दिन आयोजित डब्ल्युडब्ल्युईको एक श्रृङ्खलामा ब्रुक र उनकी साथी एम्बर मुनको सामना सासा बेङ्क्स र बेइलीसँग भएको थियो तर उक्त खेलमा क्रुज र ओ'निलले ब्रुको पक्षमा बेङ्क्स र बेइली अवरोध पुर्‍याएपनि खेल बेङ्क्स र बेइली जितेका थिए जसको फलस्वरूप ब्रुकले क्रुज र ओ'निलसँगको सम्बन्ध टुटाएकी थिइन्।[५२] टाइटस वर्ल्ड वाइड टोलीसँग छुट्टिएपछि ब्रुकले सन् २०१८ अक्टोबर २८ का दिन आयोजित पहिलो सबै महिला पे पर भ्यु इभोलुसनको ब्याटल रोयल खेलमा सामेल भएकी थिइन् तर उक्त खेलमा उनलाई एम्बर मुनले निस्कासन गराएकी थिइन्।[५३] सन् २०१९ जनवरी २७ का दिन आयोजित दोस्रो महिला रोयल रम्बलमा ब्रुकले भाग लिँदै २२औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् तर उक्त खेलबाट उनलाई एनएक्सटीकी एक महिला कुस्ती खेलाडी रिया रिप्लीले निस्कासन गराएकी थिइन्।[५४][५५][५६] सन् २०१९ अप्रिल ७ का दिन आयोजित रेसलमेनियाको सुरुवाती खेलमा आयोजित महिला ब्याटल रोयलमा ब्रुकले भाग लिएकी थिइन् जहाँ उनलाई सोनिया डभिलले खेलबाट निस्कासन गराएकी थिइन्।[५७][५८][५९]

स्म्याकडाउन (सन् २०१९–हाल)[सम्पादन गर्नुहोस्]

सन् २०१९ अक्टोबर १६ का दिन डब्ल्युडब्ल्युईले ब्रुकलाई स्म्याकडाउनमा सरुवा गरेको थियो। [६०] नोभेम्बर ८ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा ब्रकु र कार्मेलाको टोलीले सोनिया डभिल र मेण्डि रोजलाई पराजित गर्न सफल भएका थिए जसकारण उनीहरूको टोली आउँदो परम्परागत सरभाइभर सिरिमा भाग लिने मौका पाएका थिए भने उक्त कार्यक्रममा स्म्याकडाउन र एनएक्सटी टोलीसँग पराजित भएका थिए।[६१][६२] ब्रुकले सन् २०१९ मा डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा पुनः हस्ताक्षर गर्दै उक्त पदोन्नतिमा पाँच वर्ष कुस्ती खेल्ने भएकी छिन्।[६३][६४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "डाना ब्रुक: खेलहरू", द इन्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच मार्च १२, २०१५ 
  2. "डाना ब्रुकको जानकारी", अनलाइन वर्ल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी २९, २०१६ 
  3. ३.० ३.१ "डाना ब्रुक", डब्ल्युडब्ल्युई 
  4. ४.० ४.१ "डाना ब्रुकको जानकारी", केज म्याच डटनेट, अन्तिम पहुँच अगस्ट १८, २०१७ 
  5. "एस्ली सेबिरा", बडि विल्डिङ डटकम, मूलबाट अक्टोबर २१, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २०, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २१, २०११ मिति
  6. Varsallone, Jim (जनवरी १६, २०१६), "Dana Brooke, dad, NXT TV tapings at UCF in Orlando during WWE Royal Rumble Weekend", Miami Herald, अन्तिम पहुँच मार्च १६, २०१७ 
  7. Melok, Bobby (डिसेम्बर १९, २०१४), "NXT Diva Dana Brooke to compete in 2015 Arnold Sports Festival's Fitness International competition", WWE, अन्तिम पहुँच फेब्रुअरी १९, २०१५ 
  8. "2017 Arnold Sports Festival | NPC News Online", contests.npcnewsonline.com, अन्तिम पहुँच डिसेम्बर १०, २०१९ 
  9. Scherer, Dave (जुलाई ११, २०१३), "WWE signs fitness model to train to become a Diva", PWInsider, अन्तिम पहुँच मार्च १८, २०१५ 
  10. Howell, Nolan (अप्रिल १५, २०१५), "NXT: Zayn drops Rhyno in return", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अप्रिल १६, २०१५  = Archive.today अभिलेखिकरण अप्रिल १६, २०१५ मिति
  11. Trionfo, Richard (अप्रिल २९, २०१५), "WWE NXT Report: Can Riley's Rage Get Him Out of That Cage?, Matches for Takeover Announced, Tag Champs in Action, and More", PWInsider, अन्तिम पहुँच अप्रिल ३०, २०१५ 
  12. Trionfo, Richard (मे २०, २०१५), "Live Ongoing WWE NXT Takeover Unstoppable Report: Bayley and Charlotte Versus Dana Brooke and Emma", PWInsider, अन्तिम पहुँच मे २०, २०१५ 
  13. James, Justin (मे २७, २०१५), "James's WWE NXT Report 5/27 – Week 163: Follow-up to Takeover special, Samoa Joe confronts Kevin Owens, champs in action, more; Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच मे २९, २०१५ 
  14. Richard, Trionfo (जुलाई १, २०१५), "WWE NXT REPORT: FINAL PART OF THE FINN BALOR VIDEO PACKAGE, JOE AND OWENS VERSUS BALOR AND RHYNO, BULL VERSUS A VENDING MACHINE, EVA WORKS OUT, AND MORE", PWInsider 
  15. Richard, Trionfo (जुलाई ८, २०१५), "WWE NXT REPORT: HIGHLIGHTS OF OWENS/BALOR, THE BFFs ARE BACK FOR ONE NIGHT, WHO ARE THE NUMBER ONE CONTENDERS FOR THE TAG TITLES", PWInsider 
  16. Richard, Trionfo (जुलाई २९, २०१५), "WWE NXT REPORT: TAG TITLE MATCH, CHARLOTTE VERSUS DANA, THE MECHANICS IN ACTION, GABLE AND JORDAN IN ACTION, OWENS IN ACTION, AND ARE YOU BULL FIT?", PWInsider 
  17. Richard, Trionfo (अगस्ट २६, २०१५), "NXT IN BROOKLYN REPORT: FATAL FOUR WAY IN THE MAIN EVENT, BULL FIT, ENZO AND CASS GET A HEROES' WELCOME", PWInsider 
  18. "WWE NXT Results 9/23: Vaudevillains defend NXT Tag Titles, Kana/Asuka formally introduced, Breeze, Eva Marie, more", Pro Wrestling Torch, सेप्टेम्बर २३, २०१५, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१५ 
  19. Clapp, John, "Asuka vs. Dana Brooke", WWE, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१५ 
  20. Meltzer, Dave (अक्टोबर ७, २०१५), "NXT TakeOver Respect live results: Bayley vs. Sasha Banks, Dusty Rhodes Tag Team Classic", Wrestling Observer Newsletter, अन्तिम पहुँच अक्टोबर ७, २०१५ 
  21. John, Clapp, "Asuka vs. Emma", WWE, अन्तिम पहुँच डिसेम्बर २, २०१५ 
  22. Richard, Trionfo (डिसेम्बर १६, २०१५), "Complete NXT Takeover London Coverage: Finn Balor Versus Samoa Joe, Bayle Versus Nia Jax, Tag Title Match, and More", PWInsider, अन्तिम पहुँच जुन २७, २०१६ 
  23. Richard, Trionfo (मार्च २३, २०१६), "WWE NXT Report: Samoa Joe Sends a Message, Balor Versus Shawn, Emma Versus Asuka, Gargano in Action", PWInsider, अन्तिम पहुँच मार्च २४, २०१६ 
  24. Richard, Trionfo (मे ९, २०१६), "WWE Raw Report: A Change to the IC Title Match, The Vaudevillains Send a Message, Count How Many Times They Say New Era, When Does Kevin Owens Get His Show?, and More", PWInsider, अन्तिम पहुँच मे १०, २०१६ 
  25. Richard, Trionfo (मे १२, २०१६), "WWE Smackdown Report: IC Title Match Participants in Tag Match, Dana Brooke's in Ring Debut, Goldango Breezes into the Truth, and More", PWInsider, अन्तिम पहुँच मे १३, २०१६ 
  26. "Emma to undergo surgery after being injured at WWE Live Event", WWE, मे १६, २०१६, अन्तिम पहुँच मे १७, २०१६ 
  27. James, Caldwell (मे २२, २०१६), "5/22 WWE Extreme Rules PPV Results – Caldwell's Complete Live Report", Pro Wrestling Torch, अन्तिम पहुँच मे २३, २०१६ 
  28. Richard, Trionfo (मे २३, २०१६), "WWE Raw Report: Five of Seven Spots in MITB Determined, Main Event for MITB Announced, A Return, and More", PWInsider, अन्तिम पहुँच मे २५, २०१६ 
  29. Mike, Johnson (जुन १९, २०१६), "Las Vegas Gets a Hell of a Show: Complete WWE Money in the Bank Coverage", PWInsider, अन्तिम पहुँच जुन २०, २०१६ 
  30. "2016 WWE Draft results: WWE officially ushers in New Era", WWE, जुलाई १९, २०१६, अन्तिम पहुँच जुलाई २१, २०१६ 
  31. ३१.० ३१.१ Richard, Trionfo (जुलाई १९, २०१६), "Complete Smackdown Draft Report: Who Went Where?, Which NXT Wrestlers Got Promoted?, Who Is The WWE Champion Going Into Battleground, and More", PWInsider, अन्तिम पहुँच जुलाई २६, २०१६ 
  32. "2016 WWE Draft results: WWE officially ushers in New Era", WWE, जुलाई १९, २०१६, अन्तिम पहुँच जुलाई २१, २०१६ 
  33. Mike, Johnson (जुलाई २४, २०१६), "Complete WWE Battleground 2016 Coverage", PWInsider, अन्तिम पहुँच जुलाई २५, २०१६ 
  34. Richard, Trionfo (अक्टोबर ३, २०१६), "WWE Raw Report: The Women in the Main Event, Matches for Hell in a Call, Emmalina, Seth is a Man on His Own Island, and More", PWInsider, अन्तिम पहुँच अक्टोबर ५, २०१६ 
  35. Richard, Trionfo (अक्टोबर १०, २०१६), "WWE Raw Report: A Challenge is Made for a Wrestlemania Rematch, Hell in a Cell Cell Matches Announced, Anderson and Gallows Are All Business, Can Cesaro and Sheamus Co-Exist, and More", PWInsider, अन्तिम पहुँच नोभेम्बर ५, २०१६ 
  36. Richard, Trionfo (अक्टोबर १७, २०१६), "WWE Raw Report: Goldberg Gives His Answer, Stephanie Gives Her Answer to the Survivor Series Challenge, Sasha and Charlotte Talk About Hell in a Cell, and More", PWInsider, अन्तिम पहुँच नोभेम्बर ५, २०१६ 
  37. Richard, Trionfo (अक्टोबर ३०, २०१६), "Complete WWE Hell in a Cell Coverage: New Champions are Crowned, Women Headline a WWE PPV for the First Time Ever, and So Much More", PWInsider, अन्तिम पहुँच नोभेम्बर ५, २०१६ 
  38. Richard, Trionfo (मार्च १३, २०१७), "WWE Raw Report: You Had One Job, Who Faces the Tag Champs at Mania?, What About Nia?, A Legend Confronts Roman Reigns, and More", PWInsider, अन्तिम पहुँच अप्रिल ९, २०१७ 
  39. Richard, Trionfo (अप्रिल ४, २०१७), "WWE Raw Report: Big NXT Debut, A Lot of Returns, A New General Manager, The Hardys in Action, Neville Makes a Statement to Prove He Is the King, and More", PWInsider, अन्तिम पहुँच अप्रिल ९, २०१७ 
  40. Richard, Trionfo (जुन २६, २०१७), "WWE RAW REPORT: A GAUNTLET TO DETERMINE THE NUMBER ONE CONTENDER FOR THE WOMEN, BROCK LESNAR AND ENZO AMORE HAVE SOMETHING IN COMMON, THE AMBULANCE RETURNS, AND MORE", PWInsider, अन्तिम पहुँच जुन २७, २०१७ 
  41. "WWE RAW REPORT: SISTER ABIGAIL ARRIVES, THE SHIELD MAKES A STATEMENT, ASUKA HAS AN OPPONENT, AND COREY GRAVES MIGHT BE THE HAPPIEST PERSON IN WWE", PWInsider, अक्टोबर ९, २०१७, अन्तिम पहुँच अक्टोबर ९, २०१७ 
  42. Richard, Trionfo (नोभेम्बर १३, २०१७), "WWE Raw Report: Don't Write That Roster in Ink, A Big Return, We Have the Fifth for the Women's Team, Will Braun Get Revenge on the Man Who Threw Him Away Like Trash?, and More", PWInsider, अन्तिम पहुँच नोभेम्बर १९, २०१७ 
  43. Richard, Trionfo (नोभेम्बर २०, २०१७), "WWE Raw Report: Intercontinental Title Match, New Faces n the Women's Division, That Youngster Kane Continues His Path of Terror, Joe Versus Balor, and More", PWInsider, अन्तिम पहुँच नोभेम्बर २१, २०१७ 
  44. Richard, Trionfo (नोभेम्बर २७, २०१७), "WWE Raw Report: They Have a Name, Was This Elias' Night?, Dana Found a Weakness, Fatal Four Way Match, and More", PWInsider, अन्तिम पहुँच डिसेम्बर ५, २०१७ 
  45. "Is Dana Brooke the next member of Titus Worldwide?: WWE.com Exclusive, Nov. 27, 2017", WWE, नोभेम्बर २७, २०१७। 
  46. Richard, Trionfo (जनवरी १, २०१८), "WWE Raw Report: IC Title Match, Nia's Choice, A Club Has Its First Meeting of 2018, Brock Has Perfect Attendance for Raw in 2018, and More", PWInsider, अन्तिम पहुँच जनवरी ३१, २०१८ 
  47. Johnson, Mike (अप्रिल २९, २०१९), "THE RAW WOMEN'S MONEY IN THE BANK LADDER MATCH COMPETITORS ARE...", PWInsider 
  48. Trionfo, Richard (अप्रिल २९, २०१९), "WWE RAW REPORT: A CONTRACT SIGNING, THE RETURN OF GTV?, WHO IS IN MONEY IN THE BANK, AND MORE", PWInsider 
  49. Trionfo, Richard (मे ६, २०१९), "WWE RAW REPORT: THE WILD CARD RULE, TAKING OUT THE TRASH, AND MORE", PWInsider 
  50. Cory, Strode (जनवरी २८, २०१८), "Full Royal Rumble CoverageE", PWInsider, अन्तिम पहुँच जनवरी २९, २०१८ 
  51. Stuart, Carapola (अप्रिल ८, २०१८), "COMPLETE WRESTLEMANIA 34 KICKOFF SHOW COVERAGE", PWInsider, अन्तिम पहुँच अप्रिल ९, २०१८ 
  52. Trionfo, Richard (अप्रिल २७, २०१९), "WWE MAIN EVENT REPORT", PWInsider 
  53. Benigno, Anthony (सेप्टेम्बर ३, २०१८), "Sasha Banks & Bayley def. Ember Moon & Dana Brooke", WWE, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१८ 
  54. Johnson, Mike (अक्टोबर २८, २०१८), "NIKKI BELLA VS. RONDA ROUSEY, LAST WOMAN STANDING, NXT WOMEN'S TITLE & MORE WWE EVOLUTION PPV COVERAGE", PWInsider 
  55. Johnson, Mike (जनवरी २७, २०१९), "COMPLETE WWE ROYAL RUMBLE 2019 COVERAGE", PWInsider, अन्तिम पहुँच जनवरी २७, २०१९ 
  56. McCarthy, Alex (जुन २१, २०१९), "OUCH WWE: Fan footage has emerged showing the brutal way Dana Brooke's head was split open – and it's bad", Talksport, अन्तिम पहुँच जनवरी १२, २०२० 
  57. Trionfo, Richard (मे १९, २०१९), "COMPLETE WWE MONEY IN THE BANK REPORT: TWO LADDER MATCHES, TWO WOMEN'S TITLE MATCHES FOR BECKY, WHO SITS ON THE THRONES WITH THE BRIEFCASES, AND MORE", PWInsider 
  58. McClead, Michael (मार्च २६, २०१९), "5 Things You Didn't Know About Dana Brooke", Sportskeeda 
  59. Trionfo, Richard (अप्रिल १९, २०१९), "WWE MAIN EVENT REPORT", PWInsider 
  60. "The Bump reveals additional Superstars headed to Raw and SmackDown", WWE.com, अक्टोबर १६, २०१९, अन्तिम पहुँच अक्टोबर १६, २०१९ 
  61. Powell, Jason (नोभेम्बर ८, २०१९), "11/8 WWE Friday Night Smackdown results: Powell's review of Roman Reigns vs. King Corbin, The Revival vs. Big E and Kofi Kingston for the Smackdown Tag Titles, Sasha Banks vs. Nikki Cross, Tyson Fury returns", Pro Wrestling Dot Net, अन्तिम पहुँच नोभेम्बर ९, २०१९ 
  62. Powell, Jason (नोभेम्बर २४, २०१९), "WWE Survivor Series results: Powell's live review of Brock Lesnar vs. Rey Mysterio in a No Holds Barred match for the WWE Championship, "The Fiend" Bray Wyatt vs. Daniel Bryan for the WWE Universal Championship, Becky Lynch vs. Shayna Baszler vs. Bayley in a non-title match", Pro Wrestling Dot Net, अन्तिम पहुँच नोभेम्बर २४, २०१९ 
  63. Nissim, Mayer (डिसेम्बर २१, २०१९), "The new New Daniel Bryan returns to WWE SmackDown", Digital Spy, (Hearst Magazines UK), अन्तिम पहुँच जनवरी १२, २०२० 
  64. Nissim, Mayer (जनवरी २५, २०२०), "WWE Royal Rumble 2020: Matches and predictions", Digital Spy, (Hearst Magazines UK), अन्तिम पहुँच जनवरी ३१, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]