बलराम जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डा. बलराम जोशीबाट अनुप्रेषित)

डा. बलराम जोशी (वि.सं. १९८७ - वि.सं. २०५०) पुरस्कार मदन पुरस्कार विजेता व्यक्तित्त्व हुन्। उनले वि.सं. २०१३ सालमा उक्त पुरस्कार पाएका थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

जोशीको जन्म वि.सं. १९८७ साल कात्तिक शुक्ल पञ्चमीका दिन बाबु हिमालय राज जोशी र आमा छन्द्रकुमारी जोशीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। उनको मृत्यु २०५० साल मंसिर २४ गते भारतको मद्रासमा भएको हो । वहाँले सन् १९६१ मा बेलायतको ग्लास्गो विश्वविद्यालयबाट प्रयोगात्मक आणविक भौतिक शास्त्रमा विद्यावारिधी गर्नु भएको हो । यसो गर्ने वहाँ पहिलो नेपाली हुनुहुन्थ्यो ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनी अधिकविभव स्थिरविद्युत् उत्पादक नामक विज्ञानसम्बन्धी कृतिका लागि २०१३ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत भएका थिए।

बलराम जोशी पुरस्कार[सम्पादन गर्नुहोस्]

उनका नाममा पुरस्कार दुई पुरस्कार छन्। डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कारको रकम ५० हजार रूपैयाँ र डा. बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार २५ हजार रूपैयाँको छ। उनकी पत्नी अङ्गूरबाबा जोशी, डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानकी प्रमुख छिन्। अंगुरबाबाले डा. बलराम जोशी-सम्झनाको संगालो नामक स्मृति-ग्रन्थ पनि निकालेकी छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]