डिमला उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
डिमला

ডিমলা
डिमला is located in बङ्गलादेश
डिमला
डिमला
बाङ्लादेशको नक्शामा डिमला उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २६°७.७′उ॰ ८८°५५.५′पू॰ / २६.१२८३°N ८८.९२५०°E / 26.1283; 88.9250निर्देशाङ्कहरू: २६°७.७′उ॰ ८८°५५.५′पू॰ / २६.१२८३°N ८८.९२५०°E / 26.1283; 88.9250
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लानीलफामारी जिल्ला
क्षेत्रफल
 • जम्मा३२६.८ किमी (१२६.२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१८७,६९६
 • घनत्व५७०/किमी (१,५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटडिमला उपजिल्लाको आधिकारिक नक्शा

दिमला (बङ्गाली: ডিমলা) बङ्गलादेशको नीलफामारी जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[३]

भूगोल[सम्पादन गर्ने]

दिमला उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २६°०५' देखि २६°१७' उत्तर अक्षांश र ८८°५२' देखि ८९°०६' पूर्वी देशान्तरमा अवस्थित छ। दिमला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२६.८० वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, जलढाका उपजिल्लाले दक्षिण, हातीबान्धा उपजिल्लाले पूर्व र डोमार उपजिल्लाले पश्चिमबाट घेरेको छ। बुडी टिष्टा र टिष्टा यस जिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

सन् १९४६ देखि ४६ सम्म यस उपजिल्लामा तेभागा आन्दोलन भएको थियो जहाँ यस आन्दोलनका नेतृत्व लिने तात्भानारायन बर्मानको गोली हानाहानमा खाकरबाडीमा मृत्यु भएको थियो। दिमला क्षेत्रमा भाषा आन्दोलनमा भाग लिएको कारण जमशेद अली चाटिलाई पक्राउ गरी राजशाही जेल पठाइएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बी यस उपजिल्लाको शटिबाडी, ठाकुरगञ्ज, खजा र पश्चिम खडिबाडि आदि स्थानमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २२३९७५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११४४५३ छ भने महिलाको जनसङ्ख्या १०९५२२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १९८३९९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २५४८३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८० रहेको छ।[४] यस जिल्लामा ३७१ मस्जिद र २५ हिन्दु मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ७८.९४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.६६% ले पोखरी, ०.५४% ले टुटी र १९.८६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ५७.५५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, खैनी, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, नरिवल, अम्बा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया खैनी, धान, प्याज, खुर्सानी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १७ माछापालन केन्द्र, ३४ दुग्ध सङ्कलन केन्द्र तथा ७ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७५.३६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.९२%, उद्योग तथा व्यापामा ०.२१, वाणिज्यमा ८.२७%, सञ्चार र यातायातमा १.५१%, निर्माण क्षेत्रमा ०.४६%, सुविधामा ३.०५%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.०८% र अन्यमा ५.९३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय दिमला थानाको स्थापना सन् १८५७ मा भएको थियो भने सन् १९८३ जुलाई १ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १० सङ्घ परिषद्, ५३ मौजा र ५३ गाउँहरू रहेका छन्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३६.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.७% छ भने महिलाको साक्षरता दर ३०.६% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, ३ प्राविधिक शिक्षण संस्था, ४८ माध्यमिक विद्यालय, ३२५ प्राथमिक विद्यालय, १६ पढोर शिक्षण संस्था र १०२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; दिमला इस्लामी डिग्री क्याम्पस (सन् १९८३, दिमला महिला क्याम्पस (सन् १९९८), खोजा खाडिबाडी उच्च विद्यालय (सन् १९०६), खोजा खाडिबाडी कन्या उच्च विद्यालय (सन् १९०७), नओतारा अवेउननेछा उच्च विद्यालय (सन् १९११), दिमला रानी बृन्दारानी सरकारी उच्च विद्यालय (सन् १९१७), हाजी जहरतुल्लाह उच्च विद्यालय (सन् १९७२), दिमला सरकारी कन्या उच्च विद्यालय (सन् १९७३), दिमला निजपनडा फजिल मदरसा (सन् १९६२) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Geographic coordinates of Dimla, Bangladesh" (ইংরেজিमा), DATEANDTIME.INFO, ১৮ জানুয়ারি ২০১৭। 
  2. "জনসংখ্যা ও আবাসন আদমশুমারি -২০১১" [আদমশুমারি ও গৃহগণনা-২০১১] (পিডিএফ), জাতীয় প্রতিবেদন (ইংরেজিमा), ভলিউম ২: ইউনিয়ন পরিসংখ্যান, ঢাকা: বাংলাদেশ পরিসংখ্যান ব্যুরো, মার্চ ২০১৪, अन्तिम पहुँच ২৫ ফেব্রুয়ারি ২০১৭ 
  3. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "डिमला उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्ने]