ड्य्रागन त्रिकोण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टापुको नक्सा, सैतान समुद्रको केन्द्र।
Manoumi.svg

ड्य्रागन त्रिकोण (जापानी: 魔 の 海 हेपबर्न: मा नो उमी) प्रशान्त महासागरको एउटा यस्तो रहस्यमय र घातक मानिने क्षेत्र हो, जुन जापानको राजधानीटोकियोको दक्षिण दिशातिर पर्दछ । प्रशान्त महासागरको बर्मुडा त्रिकोण समेत भनिने ड्य्रागन त्रिकोणको असाधारणपना र रहस्यमय दाबीहरूको सत्यतामाथि प्रश्न पनि उठाइन्छ।

ड्य्रागन त्रिकोण (जापानी: 魔 の 海)
सैतान सागर
Dragon's Triangle.svg
ड्य्रागन त्रिकोण भएको ठाउँ

वर्णन[सम्पादन गर्ने]

जापानी शब्द मा नो उमी (दुष्ट समुद्र, समस्याग्रस्त समुद्र वा खतरनाक समुद्रका रूपमा अनुवाद गरिएको) खतरनाक समुद्री स्थान वर्णन गर्न व्यापक प्रयोग भएको छ। यो क्षेत्र निकै अशान्त र धेरै जहाजहरुलाई निलेको ठाउँका रुपमा परिचित छ। पृथ्वीमा यस्ता १२ वटा ठाउँ रहेको विश्वास गरिन्छ । विद्युत-चुम्बकीय शक्तिका कारण यस क्षेत्रमा धेरै भीषण दुर्घना हुने गरेको जापान सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ।

सन् १९५५ जनवरी ४ मा जापानी जहाज सिन्यो मारु-१० (第十 伸 洋 丸)ले मिकुरा-जीमा नजिक रेडियो सम्पर्क गुमायो । जापानी अखबारहरूले १५ जनवरीमा जहाज सुरक्षित नभेटिएसम्म उक्त स्थानलाई मा नो उमीको संज्ञा दिन थाले । योमिउरी सिम्बुन पत्रिकाले तत्कालीन केही वर्षहरुमा विभिन्न जहाजहरु हराएका विन्दुहरु अंकित गरी समुद्रको नक्सा देखायो र ती जहाजहरु योकोहामा कोस्ट गार्ड अफिसले विशेष खतरनाक क्षेत्रको रूपमा वर्गीकृत गरेको क्षेत्रभित्र हराएको भन्यो । संयुक्त राज्य अमेरिकामा, न्यु योर्क टाइम्सले यो घटनालाई "द डेभिल्स सी" अर्थात् शैतान समुद्र भन्ने शब्द प्रयोग गर्‍यो, जहाँ ९ वटा जहाज उत्तम मौसममै हराइसकेका थिए ।[१] योमिउरी सिम्बुनले मा नो उमीको आकारलाई यसरी वर्णन गरेको थियो- "इजु टापुहरूदेखि ओगासावरा टापुहरूको पूर्वमा २०० माइल पूर्वदेखि पश्चिम, र ३०० माइल उत्तरदेखि दक्षिणमा, जहाँ विगत वर्षमा नौ जहाज हराए ।" यद्यपि नौवटामध्ये दुई जहाजहरू मियाके जीमा र आइवो जीमा नजिकै हराए ।

सन् १९७४ मा अमेरिकी अलौकिक लेखक चार्ल्स बर्लिट्जले आफ्नो पुस्तक द बर्मुडा ट्य्रांगलमा शैतानको समुद्रका रुपमा परिचित गराए । बेर्लिट्जले दावी गरे कि "१९५० र १९५४ को बीचमा पत्ता नै नलागी नौ आधुनिक जहाजहरू र सयौं चालक दल हराइसकेका थिए । १९५५ मा जापान सरकारले काइयो मारू नो-५ लाई बेपत्ता भएका बेग्लाबेग्लै जहाजको अनुसन्धानको लागि समुद्रमा पठायो तर यो जहाज पनि हरायो । त्यसपछि जापानी अधिकारीहरूले समुद्रलाई खतरनाक क्षेत्रको दर्जा दिएका छन् ।

सन् १९८९ मा बर्लिट्जले शैतानको सागरलाई उनको पुस्तक ड्र्यागनको त्रिकोणमा ड्र्यागनको त्रिकोण भनेर उल्लेख गरे। र, यसको सैद्धान्तीकरण गर्न धेरै पुराना पुराना यस्ता घटनाको समेत अभिलेख राखेका छन् । तर कतिपय विद्वानहरुले भने यसलाई अन्धविश्वासको स‌ंज्ञा दिँदै आलोचना समेत गरेका छन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]