ढाँचा:आजको लेख/२०१६-१२-२५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिसमस

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ। जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन्, जुन मिति पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ । रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ । क्रिसमसमा बिश्व भरीका देशहरुमा पनि सार्वजनिक बिदा दिइने गरिन्छ । जहाँ ख्रिष्टहरुको बाहुल्यता छैन, त्यहाँ पनि बदि दिइएको पाइएको छ । (पूरा  पढ्नुहोस्...)