ढाँचा:प्रमुख लेख/विकिहाउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिहाउको प्रतीक

विकिहाउ विकिमा आधारित वेबसाइट हो जसले मानिसहरूलाई कसरी काम गर्ने भन्ने बारेमा सिकाउँदछ। यसको स्थापना सन् २००५ मा, इन्टरनेट उद्यमी ज्याक हेरिकले गरेका थिए। वेबसाइटले संसारका सबै मानिसहरूलाई कसरी गर्ने भन्ने निर्देशनहरू सृजना गर्ने लक्ष्य राखेको छ र यसले विश्वका सबै मानिसहरूलाई कसरी कार्य गर्ने बन्ने बारेमा सिक्न र सिकाउनका लागि पनि अभिप्रेरित गर्दछ।

विकिहाउ एक निजी सङ्गठन हो। यस वेबसाइटलाई सामाजिक लक्ष्यका लागि निर्मण गरिएको थियो। विकिहाउ एक खुला स्रोत तथा खुला सामग्री परियोजना हो। यसको परिमार्जित मिडियाविकि सफ्टवेयर स्वतन्त्र रूपमा जारी गरिएको थियो भने यसका सम्पूर्ण सामग्रीहरू क्रिएटिभ कमन्स इजाजतपत्र अन्तर्गत जारी गरिएको छ।

फेब्रुअरी २००५ मा, विकिहाउमा ३ करोड ५५ लाख प्रयोगकर्ताहरू रहेका थिए। जनवरी २०२० सम्म, विकिहाउमा २,१२,००० भन्दा बढी नि: शुल्क कसरी गर्ने भन्ने बारे लेखहरू रहेका छन् र २१ लाख भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका छन्। ११ अप्रिल २०१० मा, "कसरी तौल छिटो घटाउने" भन्ने शीर्षकको विकिहाउ लेखले ५० लाख अवलोकनहरू प्राप्त गरेको थियो र यो सफलता हासिल गर्ने यो पहिलो पृष्ठ रहेको थियो। "माइक्रोसफ्ट विन्डोजमा पर्दाचित्रण कसरी लिने" भन्ने लेख यस वेबसाइटको सबैभन्दा लोकप्रिय लेखहरू मध्ये एक हो। विकिहाउको अनुसार, विकीहाउको लेखबाट निर्देशन लिएर आपतकालीन अवस्थामा चार बच्चा जन्मेका थिए। (पूरा  पढ्नुहोस्...)