ढाँचा:प्रमुख लेख/सअद लिमुजर्रद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सअद लिमुजर्रद (अरबी: سعد لمجرد‎‎) (जन्म: ७ अप्रिल १९८५), मोरक्कोका गायक, नर्तक, अभिनेता, गीतकार तथा सङ्गीतकार हुन्। उनी मोरक्को पप सङ्गीतका निर्माता पनि हुन्। उनी मोरक्कोका प्रख्यात गायक अल बशिर अबदु र अभिनेत्री र गायिका निजह् अल रुकराकीका सन्तान हुन्। अति लोकप्रिय मोरक्केली भाषी अरबी गीतहरू गायका कारण उनी प्रख्यात बनेका थिए।

लिमुजर्रदको साङ्गीतिक कार्यकाल सन् २००७ मा, अरबी भाषाको गायन प्रतियोगिता सुबर सतारमा भाग लिएको देखि सुरु भएको थियो भने उक्त चौथो संस्करणको प्रतियोगितामा उनी उप विजेता बनेका थिए र प्रतियोगिताको विजेता मरवान अली बनेका थिए। प्रतियोगिता पश्चात् उनी दुई वर्ष सम्म साङ्गीतिक क्षेत्रमा देखा परेका थिएनन् र उनी उनले सन् २००० मा, पहिलो गीत वाअदिनी (واعديني) जारी गरेका थिए जसले गर्दा उनको चर्चा चुलिएको थियो। वाअदिनीको साङ्गीतिक श्रव्य दृश्यमा पनि उनी देखा परेका थिए। सन् २०१२ मा, उनले गीत "सालिनह्" जारी गरेका थिए जसमा उक्त गीतमा मोरक्को भाषी अरबी शब्द रहेको थियो। यो अन्तर्राष्ट्रिय शैलीमा रचिएको थियो भने यसमा खाडी पप सङ्गीतको प्रभाव परेको थियो। त्यसपछि उनले लोकप्रिय मानिएको गीत र गिती सङ्गालो माल हाबिबि मालु जारी गरेका थिए जसले युट्युबमा करोडौँको अवलोकन प्राप्त गरेको थियो। (पूरा  पढ्नुहोस्...)