ढाँचा:विशेष प्रमुख लेख/२०१४-०९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी लभ्स मोन्युमेन्ट्सको लोगो

विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्याण्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो । सन् २०१३ को विकी लभ्स मन्युमेन्ट प्रतिस्पर्धामा अन्टार्कटिका सहित छ वटा महादेशमा आयोजित गरियो जसमा संसारभरिका पचास भन्दा बढी देशका सरकारी सहभागिता रहेको थियो (पूरा  पढ्नुहोस्...)