विकी लभ्स मोन्युमेन्ट्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विकी लभ्स मोन्युमेन्ट्स
LUSITANA WLM 2011 d.svg
विकि लभ्स मोन्युमेन्ट्सको आधिकारिक लोगो
Participating Countries WLM since 2010.svg
बिकि लभ्स मोन्युमेन्ट्समा भाग लिएका राष्ट्रहरु २०१०-२०१७
आरम्भ सेप्टेम्बर १
समाप्ति सेप्टेम्बर ३०
सक्रिय बर्ष
उद्घाटन २०१०
पछिल्लो संस्करण २०१८
सहभागीहरू फोटोग्राफरहरू
आयोजक विकिपिडियन
वेबसाइट

विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्याण्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो ।[१] सन् २०१२ को प्रतियोगितामा लगभग ३,५०,००० भन्दा बढी ऐतिहासिक स्मारकहरूको फोटो १५,००० सहभागीहरू द्वारा अपलोड गरिएको थियो ।[२] सन् २०१३ को विकी लभ्स मन्युमेन्ट प्रतिस्पर्धामा अन्टार्कटिका सहित छ वटा महादेशमा आयोजित गरियो जसमा संसारभरिका पचास भन्दा बढी देशका सरकारी सहभागिता रहेको थियो ।

इतिहास[सम्पादन गर्ने]

प्रतियोगिताको नियमहरू[सम्पादन गर्ने]

विकी लभ्स मोन्युमेन्ट्स प्रतियोगितामा भाग लिने राष्ट्र तथा फोटोग्राफर दुवैको लागि नियमहरू एकदमै सरल रहेको छ । विकी लभ्स मोन्युमेन्ट्स फोटो प्रतियोगितामा विभिन्न पुरातात्विक धरोहर स्थलहरूको तस्वीर खिचेर भाग लिन सकिन्छ । कुनै देशको पुरातत्व विभागले धरोहरस्थल घोषित गरेका धरोहरका तस्वीरहरू प्रतियोगितामा सामेल गर्ने गरिन्छ । सहभागीले फोटो सिधै विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन । सहभागीले यदि पहिले देखि आफ्नो खाता बनाएको छ भने त्यस खाताबाट फोटो अपलोड गर्न सक्छ यदि खाता बनाएको छैन भने खाता बानाउनु आवश्यक हुन्छ किनभने खाता नभइकन फोटो अपलोड हुदैन । यस प्रतियोगितामा जहिलेसुकै खिचेका तस्वीर पनि अपलोड गर्न मिल्छ विशेष गरी पुराना तस्वीरहरू महत्वपूर्ण हुनछन् । फोटो सेप्टेम्बर महिना भरी अपलोड गर्न मिल्छ र फोटोहरू लाईसेन्स मुक्त तथा CC-by-SA ३.० को मातहतमा हुनुपर्दछ ।

बिजेताहरू[सम्पादन गर्ने]

विकी लभ्स मोन्युमेन्ट्स अन्तर्राष्ट्रिय प्रतियोगिता बिजेताहरुको सूची निम्नानुसार रहेको छ :-

बर्ष फोटोग्राफर देश विवरण फोटो
२०१० Rudolphous नेदरल्याण्ड नेदरल्याण्ड भिजेलस्ट्राट ३१ एम्स्टरड्याम Amsterdam - Vijzelstraat 27-35 (halsgevel).JPG
२०११ Mihai Petre रोमानिया रोमानिया बुखारेस्टमा रहेको चिनाजा मठ Mănăstirea Chiajna - Giulești.jpg
२०१२ Pranav Singh भारत भारत सफदरगंजमा रहेको चिहान,नयाँ दिल्ली (भारत) Tomb of Safdarjung, New Delhi.jpg
२०१३ David Gubler स्विजरल्याण्ड स्वीट्जरल्याण्ड स्वीट्जरल्याण्डको विसेन र फिलिसरको बीच ट्रेन जाँदै RhB Ge 4-4 II Wiesener Viadukt.jpg
२०१४


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Guinness World Records, Largest photography competition, 2012.
  2. Eglash, Ruth (२८ अगस्ट २०१२), "Hundreds of cultural sites to be visually documented during "Wiki Loves Monuments event."", Jerusalem Post, अभिगमन मिति १५ सेप्टेम्बर २०१२ 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]