ढोरबराहि रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढोरबराहि रंगशाला
स्थानशुक्लागण्डकि नगरवालिका वडा नम्बर ८, ढोरफिर्दी गणपति तनहुँ जिल्ला, नेपाल
मालिकनेपाल सरकार
सतहघाँसे मैदान
निर्माण
निर्माण सुरुवातवि.स. २०७६


ढोरबराहि रङ्गशाला तनहुँ जिल्ला शुक्लागण्डकि नगरवालिका वडा नम्बर ८, ढोरफिर्दी गणपति बजारमा बन्न लागेको एक फुटबल रङ्गशाला हो । नगरपालिकाले नगरकै शानको रूपमा यस रङ्गशालाको निर्माण घोषणा गरेको थियो भने रङ्गशालाको डिपिआर समेत तयार पारिसकेको छ ।

क्षेत्रफल विवरण[सम्पादन गर्नुहोस्]

ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको छ । भने सोही विद्यालयको १०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी गरिएको छ [१]

लागत[सम्पादन गर्नुहोस्]

शुक्लागण्डकी नगरपालिकाले रङ्गशाला निर्माणलाई लक्षित गरेर बाटो सुधारका लागि आगामी आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको थियो । रङ्गशालाभित्र फुटबल मैदान, कभर्डहल, पार्किङ, चमेना गृह, टिकट काउण्टर, प्रशासनिक भवनलगायत निर्माण गरिनेछ । साथै रङ्गशाला निर्माणका लागि करीब २० करोड बजेट आवश्यक पर्ने नगरपालिकाले अनुमान गरेको ।

आयोजित प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

हाल यस रङ्गशालामा स्थानिय वडा तथा क्लबहरू बिच वर्षेनी तीजको अवसर पारेर तीज कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने गर्दछ ।

चित्र दिर्धा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "तनहुँमा रङ्गशालाको डिपिआर तयार", ताण्डव न्युज, अन्तिम पहुँच २०७६ श्रावण २ गते बिहीबार ०९:५२  

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]