तारकासुर
| तारकासुर | |
|---|---|
| आबद्ध | असुर |
| धर्मग्रन्थहरू | स्कन्द पुराण, शिव पुराण, कुमारसम्भव |
| वंशावली | |
| अभिभावकहरू | वज्रङ्ग (पिता) वज्रङ्गी (माता) दिति (हजुरआमा) कश्यप (हजुरबुबा) |
| जीवनसाथी | शम्बुकी |
| सन्तानहरू | त्रिपुरासुर |
तारकासुर हिन्दु पौराणिक कथाका एक शक्तिशाली असुर हुन्। उनी असुर वज्रङ्ग र उनकी पत्नी वज्रङ्गीका छोरा हुन्।[१] तारकासुरका तारकाक्ष, विद्युन्माली र कमलाक्ष गरी तीन छोराहरू थिए, जसलाई त्रिपुरासुर भनेर चिनिन्थ्यो।[२] उनको वध कार्त्तिकेयद्वारा गरिएको थियो।
पौराणिक कथा
[सम्पादन]जन्म
[सम्पादन]आफ्नी दिदी अदितिप्रति सधैँ ईर्ष्यालु रहने दितिले आफ्ना पति कश्यपसँग अदितिका छोराहरू देवताहरूलाई हराउन सक्ने छोराको माग गरिन्। कश्यपले उनको कुरा स्वीकार गर्दै 'वज्र' (हिन्दु इतिहासमा एक धेरै कठोर पदार्थ) जस्तै अङ्गहरू भएको पुत्र वज्रङ्ग प्रदान गरे। वज्रङ्गले आफ्नी माताको आज्ञा अनुसार इन्द्र र अन्य देवताहरूलाई बन्दी बनाएर सजाय दिए। जब अदितिले यसको विरोध गर्छिन्, तब ब्रह्माले वज्रङ्गलाई आफ्ना बन्दीहरू मुक्त गर्न आग्रह गरे। वज्रङ्गले आफ्नी आमाको निर्देशन मात्र पालना गरेको बताउँदै ब्रह्माको आज्ञा स्वीकार गरे।
वज्रङ्गको व्यवहारबाट प्रसन्न भएर ब्रह्माले उनका लागि वज्रङ्गी नामकी एक आकर्षक र मायालु पत्नी सिर्जना गरिदिए। जब वज्रङ्गले उनलाई वरदान माग्न भन्छन्, वज्रङ्गीले तीनै लोक कब्जा गर्ने र विष्णुलाई दुःख दिने छोराको माग गरिन्। यो सुनेर अक्कबक्क भएका वज्रङ्गले असल छोरा प्राप्तिका लागि ब्रह्माको तपस्या गरे जसको फलस्वरूप तारकासुरको जन्म भयो।[३]
वरदान
[सम्पादन]तारकासुरले ब्रह्माको घोर तपस्या गरे र जब सृष्टिकर्ता प्रकट हुँदा, तीनै लोकमा कोही पनि उनको समान नहोस्, र केवल शिवको पुत्रले मात्र उनको वध गर्न सकोस् भनि दुईवटा वरदान मागे। यो दोस्रो इच्छा उनको धूर्ततापूर्ण चाल मानिन्थ्यो, किनभने शिव एक योगी हुन् र उनको सन्तान हुने सम्भावना निकै कम थियो ।
वरदान प्राप्त गरेपछि तारकासुरले तुरुन्तै स्वर्ग कब्जा गरे र आफ्ना पिताले जस्तै देवताहरूलाई लखेटेर आफूलाई नयाँ इन्द्र घोषणा गरे। इन्द्रले ब्रह्माकहाँ गएर सहायताको मागे र भक्तहरूले जे मागे पनि वरदान दिने ब्रह्माकै गल्ती भएको आरोप लगाए। ब्रह्माले उनलाई सम्झाउँदै शिव गहिरो तपस्यामा लीन भएकाले उनले आफ्नो पतिको रूपमा चाहने हिमवतकी छोरी पार्वतीलाई समेत ध्यान नदिएको बताए।
यसपछि इन्द्रले कामदेव र रतिसँग मिलेर एक योजना बनाउँछन् जसले नाचगान र सङ्गीतको माध्यमबाट शिवको ध्यान भङ्ग गरी उनको मनमा प्रेमको भावना जगाउने प्रयास गरे। जब कामदेवले शिवमाथि आफ्नो पुष्पवाण प्रहार गर्छन्, शिवले पार्वतीप्रति आकर्षण महसुस गरे, तर लगत्तै योजना बुनेका कामदेवलाई देखेर उनलाई भष्म पारिदिए। अन्ततः पार्वतीले शिवको प्रेम पाउनका लागि कठोर तपस्या गरिन् र ठुलो धूमधामका साथ उनीसँग विवाह गरिन्, जसबाट कार्त्तिकेयको जन्म भयो—शिवका ती पुत्र जो तारकासुरको वध गर्नका लागि जन्मिएका थिए।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Sivkishen (२०१५-०१-२३), Kingdom of Shiva, Diamond Pocket Books Pvt Ltd, आइएसबिएन 978-81-288-3028-0।
- ↑ Gokhale, Namita (२०१२-१०-२३), Book of Shiva, Penguin UK, आइएसबिएन 978-81-8475-863-4।
- ↑ Vanamali (२०१३), Shiva: Stories and Teachings from the Shiva Mahapurana, Simon and Schuster, पृ: Chapter 10, आइएसबिएन 978-1-62055-249-0।
- ↑ Vanamali (२०१३), Shiva: Stories and Teachings from the Shiva Mahapurana, Simon and Schuster, आइएसबिएन 978-1-62055-249-0।