तिलहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिलहरी नेपाली गहना हो । यो एक इञ्चदेखि तीन इञ्चसम्म लामो औंला जत्रो मोटो काँडे ढाँचामा ढालिएको सुनको धुङ्ग्राे हो । यसलाई पोतेको गुच्छामा उनेर छातीमाथि बस्ने गरी लगाइन्छ । तिलहरी मा पनि माईली तिलहरी,छड्के तिलहरी,सि तिलहरी र जुलि तिलहरी विशेष प्रचलनमा रहेकाे छ ।याे नेपालमा मात्र पाईने प्रचलित गहना हाे ।याे गहना नेपालमा परापुर्वकालदेखि चलनचल्तीमा रहेकाे गहना हाे । यो लम्बाइमा कण्ठहार जस्तै गलामा लगाइने विवाहित महिलाको गहना हो । विभिन्न जातिको बिहेमा बेहुलाले बेहुलीलाई पनि लगाइदिन्छन् ।