पोते

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोते विभिन्न रङका काँचका स-साना दानालाई धागोमा उनेर बनाइएको माला हो । यो हिन्दूमान्ने सधवा स्त्रीले घाँटीमा लाउने सौभाग्यसूचक हो ।

व्याख्या[सम्पादन गर्नुहोस्]

हिन्दू ग्रन्थहरूमा पोते लगाउनुको व्याख्या गरिएको छ । स्त्रीलाई दयालु र कृपालु भनिन्छ । पुरुषको दाँजोमा उनीहरूलाई कोमल र सरल मानिन्छ । विवाहको समयमा मङ्गल मन्त्रका साथ वरले वधुलाई पोते त्यसपछि सिन्दूर, लगनगाँठो बाँधेर सूर्य वा अग्नि, इन्द्र, यम, वरुण, आकासका देवता, पातालका देवता, पृथ्वीका देवता र नागलाई साक्षी राखेर विवाहको मङ्गलकार्य गरिन्छ । पोते वा मङ्गलसूत्र सानो इकाइमा २७, ३६, ५४ वा १ सय ८ लुङको लगाइदिने संस्कार विधानमा उल्लेख छ । पतिले 'तिमी र म आधा-आधा थियौं । आजदेखि हामी पूर्ण भएका छौं' भनेर घर भित्र्याउँछन् । जब कुमारी कन्या बिहे गरेर वरको घर जान्छिन् । जिम्मेवारी बढ्छन् । कुमारीत्त्व भंग हुँदा शारीरिक र मानसिक पीडा उत्पन्न हुन्छ । पीडा कम गराई शान्तिका लागि घाँटीमा पोते लगाउने संस्कार बनेको हो । यसले शीतलता प्रदान गर्न विश्वास छ । शास्त्रीय मान्यताअनुसार, मंगलकार्य भएकाले मङ्गलकारक सूत्रका रूपमा पोते लगाइदिने प्रचलन बनेको हो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]