तेस्रोलिङ्गी दिवस
स्वरूप
(तेस्रोलिङ्गी / हिजडा दिवसबाट अनुप्रेषित)
तेस्रोलिङ्गी दिवस / हिजडा दिवस | |
---|---|
अनुयायी | विशेष गरी तेस्रोलिङ्गीको अवधारणा भएको दक्षिण एसियाली देशहरूमा |
महत्त्व | तेस्रोलिङ्गी तथा हिजडा पहिचानका निम्ति |
मिति | अप्रिल १७ |
आवृत्ति | हरेक वर्ष |
हरेक वर्ष अप्रिल १७ तारिखमा तेस्रोलिङ्गी दिवस अथवा हिजडा दिवस मनाइन्छ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]आफूलाई महिला र पुरुषको परिभाषा भन्दा फरक राख्ने तेस्रोलिङ्गीहरूलाई समाजमा स्वीकारिएको छैन। त्यसै कारण तेस्रोलिङ्गी पहिचानमा गर्व गरी तेस्रोलिङ्गी अधिकारका निम्ति यो दिवस हो
हिजडा समुदाय
[सम्पादन गर्नुहोस्]विशेष गरी भारत, बङ्गलादेश, पाकिस्तान र केही नेपालको मधेस भूभागमा सदियौँ देखिको हिजडा परम्परा छ। उनीहरू पनि आफूलाई महिला र पुरुषको परिभाषामा राख्दैनन्। हिजडा तथा तेस्रोलिङ्गीहरू आफूलाई महिला र पुरुष भन्दा फरक भन्छन्। विश्वव्यापी रूपमा पारलैङ्गिक व्यक्तिहरूको मुद्दा धेरै उठ्नाले तेस्रोलिङ्गी व्यक्तिहरूको कुरा दबिएको भनी अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठेका छन्। तर भारत र नेपाल जस्ता देशहरूमा हिजडा तथा तेस्रोलिङ्गीहरूको अधिकार सुनिस्चित गरिएको छ।