त्येअङ्सी सिरिजङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्येअङ्सी सिरिजङ्गा

त्येअङ्सी सिरीजङ्गा (पुरा नाम: त्येअङ्सी सिरीजङ्गा सिङ् थेबे) एक किराँत लिम्बू साहित्यका महाने साहित्यकार हुन्। लिम्बू भाषा र लिपीका लागि गरेको उनको योगदान महत्त्वपूर्ण छ।[१] उनको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङ लिम्बुवान मा भएको थियो।[२]

नवौँ शताब्दीको सिरिजङ्गा राजाले आफ्नो जनताहरूलाई शिक्षा दिने क्रममा आफ्नै भाषा दिने क्रममा उनले धेरै भाषाका लिपिहरूको सङ्ग्रह गरेर र ती सबै लिपिहरु लिम्बू भाषाको शब्द र ध्वनि उच्चरणसँग भिन्न पाएपछि उनी तिब्बतमा नालान्दा विश्वविद्यालय गए ।[३] त्यहाँ गएर रकक्षित र विमल मित्राजस्ता विद्वानहरूलाई भेटेर फर्के पछि आफ्नो भाषाका शब्द र ध्वनि उचारणसँग मिल्ने गरी लिपिको तयार गरे । यसरी नवौँ शताब्दीमा निर्माण भएको र प्रयोग भएका लिपि पछि सत्रौँ शताब्दीतिर हराईसकेको अवस्थामा त्येअङसी सिरिजङ्गाले पुनरुत्थान गरे र त्यसको लिपिलाई प्रचार गरेका थिए।[४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. माबुहाङ, अर्जुनबाबु (८ पुस २०७५), "एउटै थिए सिरिजङ्गा", हिमालखबर, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 
  2. माबुहाङ, अर्जुनबाबु (८ माघ २०७८), "सिरिजङ्गालाई किन चाहियो फुर्का ?", कान्तिपुर, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 
  3. राई, गणेश (३ माघ २०७८), "तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा", कान्तिपुर, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 
  4. माबुहाङ, अर्जुनबाबु (२८ मंसिर २०७३), "सिरिजंगा को हुन् ? लामाले किन हत्या गरे ?", अनलाइनखबर, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]