त्रिशला गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टीका,फुली र रातो चुरामा त्रिशला

त्रिशला गुरुङ जिवनवृत्ती र अाैपचारीक अध्यनले चिकित्सक हुनु सँगसँगै अंशकालीन रुपमा गाउँने नेपाली गायीका हुन । पुर्णकालीन चीकीत्सक त्रिशला बचेको समयमा गाउँनुका बावजुत अाफ्नो मुख्य पेशाले भन्दा पनि गायनले नै बढी परीचीत मान्न सकिन्छ ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

त्रिशलाको जन्म धरान मा भएको थियो । उन्को आधा बाल्यकाल धरान मा नै बित्यो भने कक्षा ८ देखी को पढाई काठमान्डौ मा भयो जब उन्को परिवार धरान बाट राजधानी सरेको थियो। सानो उमेर देखी नै त्रिशला गाउने गर्थिन र पछी ठुलो भैइ उनी आवरण गितहरु गाएर गायन यात्रा थालेकी हुन।

गायन यात्रा[सम्पादन गर्नुहोस्]

त्रिशलाले आफ्ना आवरण गितहरु अन्तरजाल मा राखेपछी दर्शक र श्रोताहरुले उन्लाई धेरै नै रुचाउन थाले। बिशेषगरी त्रिशलाको स्वरमा दक्षिणाको 'सपना भइ आँखामा आउँने...' गीतको आवरण संस्करण अन्तरजालमा चर्चीत भएपछी गायीकाको रुपमा उनको प्रसीद्धी बढेको हो । हाल आएर उनी नेपाली चलचित्र मा गाउनु को साथै आफ्नै गित पनि ल्याउँने गरेकीछन। त्रिशलाका नियमीत रुपमा संग्रह ननिस्केपनि बेला बेला एक्ला गीतहरु अन्तरजालमा प्रकाशीत हुँने गरेका छन । यस्तै एउटा पछील्लो गीत 'बाबा अामा...' हो जुन २०८० श्रावण ३१ मा अन्तरजालमा उध्र्वभरण भएको थियो जस्मा त्रिशलालाइ चिकित्सक नै भएको देख्न सकिन्छ।