थर्मोमिटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तापक्रम नाप्न प्रयोग गरिने उपकरणलाई थर्मोमिटर भनिन्छ । यो तापद्वारा पदार्थमा हुने प्रसारलाई आधार मानी बनाइएको हुन्छ । यसमा प्राय:जसो पारो वा रङगिन अल्कोहललाई तर्ल पदार्थको रूपमा प्रयोग गरिन्छ । यि तर्ल पदार्थहरूको आफ्नै किसिमका विशेषता हुन्छ्न् ।
थर्मोमिटर एउटा लाम्चो काँचको नली हो जसको तल्लो भागको बल्बसँग जोडिएको केशिका नली जोडिएको हुन्छ । तापक्रमको परिवर्तन अनुसार काँचको नलीभित्रको केशिकामा तरल पदार्थ घटबढ भएको स्पष्ट देखिन्छ । थर्मोमिटरमा सेल्सियस, फरेनहाइट र केल्भिन एकाइ अङ्कित हुन्छ्न् ।
आकारप्रकार र कार्यका हिसाबले थर्मोमिटर धेरै प्रकारका हुन्छ्न् मुख्यतः ३ प्रकारका बढी चल्तिमा छ्न् :

  1. क्लिनिकल थर्मोमिटर
  2. अधिकतम-न्युनतम थर्मोमिटर
  3. प्रयोगशालाको थर्मोमिटर
क्लिनिकल थर्मोमिटर