थोमस् हार्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थोमस् हार्डी
हार्डी, सन् १९१० देखि १९९५ तिरको हुन सक्ने तस्बिर
जन्म(१८४०-०६-०२)२ जुन १८४०
स्टिन्सफोर्ड, डोरसेट, इङ्ल्यान्ड
मृत्यु११ जनवरी १९२८(1928-01-11) (उमेर ८७)
इङ्ल्यान्ड
निवासस्टिन्सफोर्ड प्यारिस चर्च
मातृ शिक्षाप्रतिष्ठानकिङ्स कलेज, लन्डन
पेशाउपन्यासकार, कवि, कथाकार
प्रभावचार्ल्स डिकेन्स, चारलेट ब्रोन्ट, जर्ज मेरिडिथ, थोमस ग्रे, अरथर स्क्रोफेनर
प्रभावफिलिप लारकिन, डिएच लरेन्स, रोबर्ट फ्रस्ट, ड्ब्लु एच अडेन, ड्ब्लुडि स्नोडग्रास, जोन फोलेस, रोबिन्सन जेफरस्, सिग्फ्रिड स्यासन, जोन काउपर पोएज
राजनीतिक कृयाकलापभिक्टोरिया काल
जीवनसाथी
  • एमा ल्याबिनिया ग्लिफोड
    (१८७४–१९१२)
  • फ्लोरेन्स डुगडेल
    (१९१४–२८)
हस्ताक्षर
थोमस हार्डी ७० वर्षको उमेरमा

थोमस हार्डी, OM (२ जुन १८४० – ११ जनवरी १९२८) अंंग्रेजी कवि र उपन्यासकार थिए । उनि जर्ज इलिएट, विलियम वोर्डस्वर्थ र चार्ल्स डिकेन्सबाट प्रभावित भएका थिए ।[१][२]

आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता सङ्ग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रूपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कविहरूमा रह्यो ।[३]

जीवनी[सम्पादन गर्नुहोस्]

थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा जेमिमा (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्ले विद्यालयमा पढ्न सुरुवात गरे । मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन, मा उनले लेटिन सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे ।[४] उनको औपचारिक अध्ययन भने १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।

तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरूमा पनए चाँसो देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।

सन् १८७४ मा उनको एमा लेभिनिया गिफोरडसँग प्रेम विवाह भयो । सन् १८८५ मा उनीहरू थोमसले नै नमुना तयार गरी बनेको घरमा सरे । सन् १९१२ मा उनको पत्नीको मृत्यु भयो; थोमस्मा यसको केही मानसिक असर पर्यो । उनका सन् १९१२ देखि १९१३ मा लेखिएका कविताहरूमा यसका प्रभाव पाइन्छन् । सन् १९१४ मा उनले आफू भन्दा ३९ वर्ष कान्छी फ्लोरेन्ससँग विवाह गरे ।

सन् १०१० मा उनी अर्वाड अफ मेरिटबाट सम्मानित भए । त्यसै समय उनी नोबेल पुरस्कारको छनोटमा पनि परे । त्यसपछि अर्को ११ वर्षहरूमा उनी छनोटमा परि नै रहे ।

सन् १९२७ को डिसेम्बरमा फोक्सोको निमोनिया जस्तै रोगबाट मृत्यु भयो । उनका मृत्युको कारण मुटु र वृद्धावस्था भएका कुराहरु पबपनि जनाइएका छन् । मृत्युपछि उनका चिठीपत्र र नोटहरु जलाइए । उनका १२ वटा डकुमेन्टहरु भने सुरक्षित रहे । त्यसै वर्ष उनको पत्नीद्वारा द अरली लाइफ अफ थोमस् हार्डी (१८४१ - १८९१) प्रकाशित भयो । हार्डीको लेख्य कृतिहरु उनी भन्दा पछिल्लो लेखकहरु जस्तै डिएच लरेन्स, जोन काउपर पोएस[५]भर्जिनिया वुल्फ द्वारा राम्रा मानिए ।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Dennis Taylor, "Hardy and Wordsworth".
  2. Gillian Beer, Darwin's Plots.
  3. Donald Davie,Thomas Hardy and British Poetry.
  4. क्लेर टोम्लिन, Thomas Hardy: the Time-torn Man (Penguin, 2007) पृष्ठ. ३०,३६
  5. उनको उपन्यास वुड एन्ड स्टोन (१९१५) हार्डीमा समर्पित छ।
  6. Study of Thomas Hardy and other essays (१९१४), सम्पादक: ब्रुस स्टिल, Cambridge University Press, 1985, ISBN 0-521-25252-0, Literary criticism and metaphysics