सामग्रीमा जानुहोस्

भर्जिनिया वुल्फ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भर्जिनिया वुल्फ
वुल्फ सन् १९०२ मा
जन्मएडिलिन भर्जिनिया स्टेफन
(१८८२-०१-२५)२५ जनवरी १८८२
इङ्ग्ल्यान्ड
मृत्यु२८ मार्च १९४१(1941-03-28) (उमेर ५९)
इङ्ग्ल्यान्ड
राष्ट्रियताबेलायती
मातृ शिक्षाप्रतिष्ठानकिङ्स कलेज, लन्डन
पेशाउपन्यासकार, कथाकार, समालोचक, प्रकाशक
जीवनसाथीलियोनार्ड वुल्फ
हस्ताक्षर

भर्जिनिया वुल्फ (२५ जनवरी १८८२ – २८ मार्च १९४१) बिसौँ शताब्दीको अङ्ग्रेजी साहित्यको आधुनिक लेखिका थिइन् । विश्व युद्ध १ र २ को बिचमा उनी उल्लेख्य व्यक्तित्व थिइन् र बुल्मसबेरी ग्रुप नामक साहित्यिक समूहको प्रमुखकर्ता थिइन् । टु द लाईटहाउस (१९२७), ओर्लयान्डो (१९२८), अ रुम अफ वान्स ओन (१९२९) उनका केही चर्चित कृति हुन् । जीवन भरी नै मानसिक रोगले ग्रस्त वुल्फले सन् १९४१ मा ५९ वर्षको उमेरमा आत्महत्या गरिन् ।

सुरूवाती जीवन

[सम्पादन गर्नुहोस्]
वुल्फकी आमा जुलियाको तस्बिर

भर्जिनिया वुल्फको जन्म एडलिन भर्जिनिया स्टेफेनको रूपमा लण्डनमा भयो । उनका बाबू सर लेस्ली स्टेफन (१८३२-१९०४) इतिहासकार, लेखक, समालोचक र पर्वतारोही थिए र आमा जुलिया भने भारतमा जन्मिएकी बेलायती थिइन् ।

वुल्फको शिक्षा आफ्नै आमाबाबुको शैक्षिक वातावरणमा भयो ।

वुल्फ १३ वर्ष हुदाँ उनकी आमाको मृत्यु र दुई वर्ष पछि, वुल्फकै सौतेली दिदी स्टेलाको मृत्युबाट वुल्फ मर्माहत भइन् । उनले पछि ग्रिक, लेटिन, जर्मन र इतिहासको किङ्ग्स कलेज लण्डनमा सन् १८९७ देखि १९०१ मा अध्ययन गरिन् ।

बाह्य भिडियो
[१] सन् १९३७ मा बिबिसी रेडियोमा बोल्दै वुल्फ

बिटुइन द एक्टस् नामक उपन्यास लेखी भ्याइसकेपछि उनी पुन: फेरि पहिले भए जस्तै मानसिक रूपमा बिमार परिन् । द्वितीय विश्व युद्ध को सुरुवात, युद्धमा उनको लण्डनको घर तहसनहस हुनु र उनले आफ्नो मृत साथीको बारे लेखेकी जीवनीको अरुले हलुका रूपमा ग्रहण गर्नाले उनी आफ्नो कामहरु गर्नै नसक्ने स्थितिमा पुगिन् । २८ मार्च १९४१ मा उनले आप्नो घर नजिकको खोलामा डुबेर आत्महत्या गरिन्, उनको शव १८ अप्रिलसम्म पनि पाइएको थिएन ।[] उनको श्रीमान्ले उनको दाहसंस्कार गरे ।

उनले श्रीमानको लागि लेखेकी अन्तिम पत्रमा लेखिएको थियो :

प्यारा मलाई थाहा छ, म फेरि पागल बन्दै छु । मलाई लाग्छ, हामि फेरि त्यही पुराना कहाली लाग्दा दिनहरूमा फर्कन सक्दैनौँ । म यसपालि ठिक हुन सक्दिन । म आवाजहरू सुन्छु र एकत्रित हुन सक्दिन । त्यसैले, म आफूले सक्ने गर्दैछु । तिमीले मलाई ठूलो खुसी दिएका छौ । तिमी बन्न सक्ने बनेका हौ । मलाई लाग्दैन दुई व्यक्ति यति समयसम्म खुसी भइरहन सक्छन् । म अब धेरै बेर सम्म लडिरहन सक्दिन । मलाई थाहा छ म तिम्रो जीवन बर्बाद पार्दै छु ।म बिना तिमी बाँच्न सक्छौ, मलाई थाहा छ । तिमी बुझ्न सक्छौ कि म यो पनि लेख्न सकिरहेकी छैन । म पढ्न नसक्ने भएकी छु । मात्र म के भन्छु भने म तिमीले दिएका खुसीहरूको ऋणी भएकी छु । तिमी मेरैसाथ रह्यौ, मलाई थाहा छ । यदि कसैले मलाई बचाउन सक्थ्यो भने त्यो तिमी हुने थियौ । सबै कुरा टाढा नभएका छन् मात्र तिमी बाहेक । म तिम्रो जीवन थप बिगार्न चाहन्न । मलाई लाग्दैन कि कोई दुई व्यक्ति हामी भन्दा यति बढि खुसी हुन सक्लान् । V.[][]

आधुनिक विश्लेषण

[सम्पादन गर्नुहोस्]
भर्जिनिया वुल्फ १८८२-१९४१, रोमानियाको हुलाक टिकट, २००७
ट्राभिस्टक स्कुवाइर, लण्डन मा रहेको वुल्फको सालिक, सन् २००४ मा बनाइएबनाइए पनि यो सन् १९३१ को प्रतिमुर्ति थियो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Panken, Shirley (१९८७), "'Oh that our human pain could here have ending'—Between the Acts", Virginia Woolf and the "Lust of Creation": A Psychoanalytic Exploration, शनि प्रेस, पृ: २६०–२६२, आइएसबिएन 978-0-88706-200-1, अन्तिम पहुँच १३ अगस्ट २००९ 
  2. Jones, Josh, "Virginia Woolf’s Handwritten Suicide Note: A Painful and Poignant Farewell (1941)", Open Culture, अन्तिम पहुँच २८ अगस्ट २०१३ 
  3. Rose, Phyllis (१९८६), Woman of Letters: A Life of Virginia Woolf, Routledge, पृ: २४३, आइएसबिएन 0-86358-066-1, अन्तिम पहुँच २४ सेप्टेम्बर २००८