दक्षिणी गोलार्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्देशाङ्कहरू: ४५°०′०″द॰ ०°०′०″पू॰ / ४५.०००००°S ०.०००००°E / -45.00000; 0.00000

"उशुआइया, संसारको अन्त्य" लिजेन्डका साथ पोस्टर। अर्जेन्टिनामा उशुआइया विश्वको दक्षिणी भागको शहर हो।
पहेंलोमा देखिने दक्षिण गोलार्द्ध
दक्षिणी गोलार्द्ध दक्षिणी ध्रुवको माथी

दक्षिणी गोलार्द्ध[१] कुनै पनि ग्रहको आधा भाग हुने गर्दछ, जो उसको विषुवत रेखा भन्दा तल (दक्षिण तिर) हुन्छ। गोलार्द्ध भन्नाले आधा गोलाइ भन्ने बुझिन्छ। पृथ्वी दुई भागमा बाँडिएको छ, जसलाई उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्ध भनिन्छ। उत्तरी गोलार्द्धको उत्तरी ‌भाग तथा दक्षिणी गोलार्द्धको दक्षिणी ‌भाग धेरै चिसो स्थान भएकोले त्यहाँ सधैंभरी हिउँले भरिएको हुन्छ। दक्षिणी गोलार्द्धको दक्षिणी ध्रुवमा त हिउँले बनेको विशाल महाद्वीप नै छ। यसको तुलनामा उत्तरी गोलार्द्धको उत्तरी ‌भाग पुरै हिसाबले ठोस छैन, तर यहाँ समुद्रका बीच ठाउँ-ठाउँमा विशाल हिमखन्डहरू भेटिन्छन्। दक्षिणी गोलार्द्धमा अस्ट्रेलिया, दक्षिण अमेरिका, न्यूजीलेन्ड तथा अफ्रिका महाद्वीपहरूको दक्षिणी भाग पर्दछन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]