दरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दरा भनेको गाँउ समूह हो। एउटा नदीको लामो किनारादेखि माथि पहाडका टाकुरादेखि तल पाखापखेरामा जति गाउँवस्ती छन्, ती सवै गाउँ र गाउँलेले ओगटेको सम्पूर्ण भागलाई एउटै शब्दमा भन्नुपर्दा दरा भनिन्छ। ती दराभित्र बग्ने खोलाहरू पनि दरामा समाहित भई 'दराखोला' भनिन्छ। दरा शब्दले माटो (भूमि) लाई बुझाउँछ भने खोलाले पानी बग्ने भूमि र पानीलाई बुझाउँछ। आफूलाई सहरीया र सभ्य भन्नेहरूले यस्ता दरा खोलामा बस्ने मानिसहरूलाई दरा-खोल्या भन्ने गरेको पाइन्छ।

कर्णाली अञ्चलको सदरमुकाम ऐतिहासिक एवम् साँस्कृतिक केन्द्रको रूपमा परिचित जुम्ला जिल्लाले अतीतमा बृहत् क्षेत्र ओगटे पनि हाल केवल जुम्ला एक जिल्लामा सीमित रहेको छ। यस जिल्ला भरि ३० गाविस, ९ इलाका र १ सँसदीय निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लालाई दरागत -जिल्लाको सानो एकाइ वा खण्ड रखोला भेक) रूपमा यसरी विभाजन गरिएको छ

  • सिँजा दरा
  • पानसय दरा
  • असीदरा
  • चौधविस दरा

[१][dead link]:सिञ्जाली भाषिका र यसको वाक्य तत्वगत विचरण -ओमप्रकाश आचार्य

"https://ne.wikipedia.org/w/index.php?title=दरा&oldid=1164944" बाट अनुप्रेषित