दर्शन
दर्शनशास्त्र (अङ्ग्रेजी: Philosophy) भन्नाले मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो । साधारणत: दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्ययन नै दर्शन शास्त्र हो । दर्शनशास्त्रलाई जिवनशैलीको माध्यमको रुपमा पनि लिन सकिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]मानब सभ्यताको विकासक्रम भएको दर्शनको सुरुवात नै आजको विकसित अवस्थामा पुगेको हो । मानब विकासको क्रममा जो जस्तो वातावरणमा रहदै आयो त्यहि त्यही वातावरणलाई पहिचान गर्ने र समायोजन गर्ने प्रयत्न गर्यो । समाजमा भएको विभिन्न बस्तु , ब्रह्माण्ड ,कहाँबाट सुरुभई कहाँबाट अन्त हुन्छ ? समाज किन गतिशील बन्यो ? गतिशीलताको कारणके के हुन् ? ब्रह्माण्ड,, सत्य , खोज मानिस, आत्मा , चेतना , विश्वास , संकृति , म आदि भिविन्न विषयको सुरुवात र अन्त्य के हो ? जस्ता प्रश्नहरु को उत्तर खोज्ने क्रममा दर्शन को सुरुवात भएको पइन्छ । दर्शनको उत्पति मानवजगत् , विचार, वातावरण , जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जस्ता विविध कारणबाट भएको मानिन्छ . यसको उत्पति कल यही हो भनि किटान गर्न सकिंदैन तर मानव विचारको स्रृष्टिको, ब्रम्हाण्डको, सत्यको, विश्वासको , र खोजीको सुरुवातबाटै दर्शनपनि सुरुवात भएको हो भन्न सकिन्छ ।
परिभाषा
[सम्पादन गर्नुहोस्]- सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन् ।("the philosopher…is a lover, not of a part of wisdom only, but of the whole.") --Socrates
- पारलौकिक वस्तुहरूको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो ।("Philosophy is a science, which discovers the real nature of supernatural elements".) --Aristotle
- सम्पूर्ण कालाहरूको जननी र दिमागको सच्चा औषधि दर्शन हो ।("Philosophy is the mother of all arts and true medicine of mind.") --Cicero
- विज्ञानक आधारहरूको तार्किक अध्ययन नै दर्शन हो । ("Philosophy is the logical study of the fundamental sciences.") --Bertrand Russell
क्षेत्रहरु
[सम्पादन गर्नुहोस्]- वास्तविकताको सिद्धान्त :वास्तविकताको अध्ययन क्षेत्र : तत्व-मीमांसा (Metaphysics: Theory of reality )
शाश्वत सत्य वा निरपेक्ष सत्यको बास्तविकता के हो भनि अध्ययन गर्ने दर्शनशास्त्रको क्षेत्रलाई वास्तविकताको क्षेत्र भनिन्छ ।
- धर्मशास्त्र (Theology /Notions of God)
- आत्मासँग सम्बन्धित तत्वज्ञान (Metaphysics Regarding Soul: Nature of Man)
- ब्रमाण्डबिज्ञान (Science of Universe )
- सृस्टिबिज्ञान (Science of Creation)
- जीव सृस्टिबिज्ञान (Cosmology)
- ज्ञानसिद्धान्त: ज्ञान मीमांसा (Epistemology: Theory of Knowledge)
- मूल्यसिद्धान्त (Axiology: Theory of Value)
कार्य
[सम्पादन गर्नुहोस्]- व्याख्यात्मक कार्य (Descriptive Function )
- अनुमानित कार्य (Speculative Function)
- आदेशात्मक कार्य (Prescriptive Function)
- विश्लेषणात्मक कार्य (Analytical Function)
दर्शनका दृष्टिकोणहरू १ अनुमान, अन्तरदृष्टि र कल्पना २ पुर्वस्थापीत सिद्दान्तमा आधारीत आैपचारीक तर्क ३ प्रतिविम्बात्मक चिन्तन ........शिक्षामा दर्शनको प्रयोग.......... १ शिक्षाको उद्देश्य निर्धारण गर्न । २ शिक्षाको पाठ्यक्रम निर्धारण गर्न । ३ शिक्षण विधि तथा शिक्षण क्रियाकलापको प्रयोग गर्न । ४ पाठ्यक्रमको प्रयोग गर्न । ५ शैक्षिक व्यवस्थापन गर्न । ६ विवेक सम्मत रूपमा कुनै पनि कुराको व्याख्या गर्न । ७ पाठ्यक्रम पाठ्यपुस्तक निर्धारण र प्रयोग गर्न ।