दूरसञ्चार सेवा शुल्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुरसञ्चार सेवा दस्तुर (अङ्ग्रेजी: Telecom Service Charge/TSC) नेपालमा दुरसञ्चार सेवामा लगाइने सेवा दस्तुर हो । यो दस्तुर दुरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट असुल गर्ने महशुल रकममा १३ प्रतिशतको दरले लगाउने गरिन्छ । [१] यो दस्तुरको दाखिला दुरसञ्चार सेवा उपलब्ध गराउने निकायले मूल्य अभिबृद्धि कर सँगै गर्नु पर्ने प्रावधान रहेको छ । दुरसञ्चार सेवा प्रदायकले अर्को दुरसञ्चार सेवा प्रदायको सञ्जाल प्रयोग गरे वापत तिर्नुपर्ने शुल्कमा लाग्दैन् । आर्थिक वर्ष २०७५।७६ देखि इन्टरनेट सेवामा समेत १३ प्रतिशतको दुरसञ्चार सेवा शुल्क लगाइएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. आर्थिक ऐन, २०७४, नेपाल, २०७४। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]