देउथलको लडाईँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

देउथलको लडाईँ

देउथलको युद्ध
देउथलको युद्धमा तोपको अगाडि बढ्दै पहेलो वस्त्रमा सरदार भक्ति थापा

देउथलको युद्धबारे जानकारी  मलाउ किल्लाको फेदीमा पर्ने भम्भर किनारमा अक्टरलोनीको छाउनी रहेको थयो । त्यो सेनाले तारागढी र चम्बीगढी कब्जामा पारिसकेकको थियो । अंग्रेज सेनाको लक्ष्य सूर्यगढी पनि हात पार्ने थियो । त्यहाँ पुग्न तोप लैजाने बाटो तयार भएपछि अंग्रेज सेनाले त्यहाँ घेराउ गर्‍यो। सोही किल्लाभित्र कप्‍तान भक्ति थापा ९०० नेपाली सेना सहित तैनाथ थिए । उनलाई शत्रुले बाहिर निकाल्न जोरजुलुम गर्दा पनि भित्रै अडिइरहे । सूर्यगढी र राजगढको दूरी ५ माइल जति थियो । रेलातर्फ सूर्यगढको घेरा छाडी मेजर हेनेज र कप्‍तान हेमिल्टन अगाडि बढेका थिए । एकाएक रातमा शत्रु हटेको देखी भक्ति थापा राजगढको रक्षार्थ बढे । देउथलमा रहेका 25 जना गोर्खाली टोलीलाई हटाइसकेपछि टामस पुगे र त्यहाँ दखल गरे । टामसका पछि-पछि लाग्दै अक्टरलोनी पनि देउथलतिर लागे । राजगढमा अमरसिंह थापालाई अलमल्याइ राख्‍न रत्नगढबाट कप्तान हावर्स र काली गाउँबाट बोयर पनि अगाडि बढेका थिए । अक्टरलोनी बिनाबाधा देउथल पुगे ।

देउथलको टिप्पा नेपाली सेनाको मुटु परेको थियो, किनभने त्याहाँबाट छुटेको तोपको गोला सरासर राजगढमा गिर्दथ्यो। त्यहाँबाट शत्रुलाई हटाउन ज्यादै आवश्यक भएकाले दिनभरिको युद्धपछि रातमा अमरसिंह थापाले सबै अधिकृतहरु जम्मा पारी छलफल गरे । एकछिन पनि ढिलो गर्नु उपयुक्त नहुने देखेर रातमा नै नेपाली सेनाले देउथलमा आक्रमण गर्‍यो । 300 शत्रु सेना रहेको सो किल्लामा त्यति नै नेपाली सेना पठाइए । नेपाली सेनाको अगुवाइ भक्ति थापाले गरे । राजगढबाट तल झरी देउथलमाथि चढ्नुपर्दथ्यो । भक्ति थापा 73 वर्षका भएर पनि त्यो लडाइँमा अगाडि बढेका थिए । त्यही बेला किल्लाबाट शत्रुको गोला बर्सन थाल्यो । नेपालीहरुले हानेका गोली खेर गएनन् ।३ ओटा अङ्‍ग्रेज तोप्चीलाई निशान बनाएपछि अङ्‍ग्रेजहरुले तोप पड्काउन छोडेको बेलामा नेपाली सेनामा केल्लानेर पुगी भिड्ने साहस आयो । केहीले भित्र पसी खुकुरी चलाउन थाले, तर ती सबै मारिए । आडैमा पुगी आफ्नो सेनालाई उत्साहित तुल्याउँदै गरेका भक्ति थापालाई अचानक छातीमा गोली लाग्दा उनी जमिनमा ढले ।  सरदार भक्ति थापा ढलेपछि नेपाली सेनामा नेतृत्वको अभाव रहन गयो । त्यसपछि नेपाली सेनामा भागाभाग मच्चिन गयो । भक्ति थापाको त्यस मृत्युले नेपाली सेनाको अपुरणीय क्षति भयो र अमरसिंह थापा बडो चिन्तित भए ।

सरदार भक्ति थापाले 73 वर्षको उमेरमा वीरगति प्राप्त गरेपछि नेपाली सेनामा एउटा अभाव खट्किरह्यो । चारैतिर अङ्‍ग्रेजको विजय भएको हुँदा अमरसिंह थापाले नेपाली सेना मलाउको किल्लामा जम्मा गर्ने आदेश दिए । अङ्‍ग्रेजहरुले रैलीको टाकुरामा आफ्नो सेना राखी मलाउलाई आफ्नो लक्ष्य बनाए । त्यो बेला सुरजगढ ज्यादै असुरक्षित हुन गयो । देउथलको टाकुरीमा पनि अङ्‍ग्रेज सेना बसेको हुनाले नेपाली सेना र अङ्‍ग्रेज सेनाको अन्तर करिब 1 कि.मि. मात्र रहन गयो । त्यस्तो घडीमा आत्मसमर्पण गर्नु वा युद्धमा मर्नु नै विकल्प थियो । फलतः भक्ति थापाले अर्को बाटो रोजे । अनि उनले वीरगति पाएका थिए । उनको वीरता अतुलनीय थियो । नेपाली सेनानायक भक्ति थापाको मृत्युपछि नेपालले यमुना नदिदेखि पश्‍चिमतर्फको भूभागबाट पूरै हात धुनुपर्‍यो । करिब 700 नेपालीको ज्यान गयो । एक जना बाहेक अङ्‍ग्रेजका सबै तोपचीहरु मारिए । सरदार भक्ति थापाको मृत्युपछि नेपाली सेनाको पराजय मात्र सहनु परेकाले सुरक्षात्मक युद्ध मात्र लड्नुपर्‍यो, आक्रामक युद्ध सफल हुन पनि सकेन ।

महाकाली पश्‍चिम तैनाथ सैनिक नेताहरुमा बम शाहले अङ्‍ग्रेजको प्रोपोगान्डको भरमै नलडेर, पछि हटी बढो लाछीपन देखाएर डोटीमा फर्के र कुमाउँ अङ्‍ग्रेजले हात पार्‍यो । देहरादुनको नालापानीको युद्धमा पनि कप्तान बलभद्र कुँवरले पछि हट्नु पर्‍यो । बडाकाजी अमरसिंह थापा Overall Commander भएकाले अङ्‍ग्रेजसँगको युद्धमा आमने-सामने लड्नुपरेन ।जैथकको युद्धमा काजी रणजोर थापा कमाण्डर थिए भने युद्धको छिनोफानो भइसकेको थिएन, तर सहमतिबाट 1815 (वि.सं.1872) मा युद्ध रोकियो । उल्लिखित मिलिटरी कमाण्डरहरु मध्ये जेष्ठ 73 वर्षीय भक्ति थापा ने एक मात्र थिए जसले बैरीविरुद्धको आक्रामक युद्धमा लड्दा लड्दै वीरगति पाए । उनको शाहस, समर्पण र कार्यबाट नेपालले गौरव गर्नै पर्दछ भने उनलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान नगरिएकोमा अन्याय भएको छ । (डा.प्रेम सिंह बस्न्यात तथा सावारः पुस्तक मार्फत उराठ)