सामग्रीमा जानुहोस्

देवप्रयाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देवप्रयाग उत्तर भारतको उत्तराखण्ड राज्यस्थित टिहरी गढवाल जिल्लाको गढवाल हिमालय क्षेत्रमा अवस्थित एउटा सहर तथा नगरपालिका हो। यो अलकनन्दा र भागीरथी नदीको संगमस्थल (जसलाई 'देवप्रयाग संगम' भनिन्छ) का लागि प्रसिद्ध एक पवित्र सहर हो। उत्तराखण्डमा रहेका पाँच पवित्र संगमस्थलहरू—जसलाई 'पञ्च प्रयाग' भनिन्छ—मध्ये यो अन्तिम संगमस्थल हो।[१]

भूगोल

[सम्पादन]

अलकनन्दा नदी उत्तराखण्डमा तिब्बतको सीमा नजिकै रहेको सतोपन्थ हिमनदी र भागीरथी खर्क हिमनदीको संगमस्थलबाट उत्पत्ति हुन्छ। भागीरथी नदीको उत्पत्ति भने गढवाल हिमालय क्षेत्रमा पर्ने गोमुख तथा गंगोत्री र खतलिङ हिमनदीको फेदीबाट हुन्छ।

यी दुवै नदीहरू देवप्रयागमा मिसिएर गंगा नदीको रूप लिन्छन्।[२] देवप्रयागसम्म हरिद्वार र ऋषिकेशबाट (७० किलोमिटरको दूरीमा) पुग्न सकिन्छ।

देव प्रयाग

अभिलेखिकरण २०१०-०९-१३ वेब्याक मेसिन

  1. ↑ उत्तराखण्डमा पंच प्रयाग यात्रा
  2. ↑ देवप्रयाग: अलकनंदा र भागीरथी नदीहरूको मिलन बिन्दु