देवी घर्ती मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवी घर्ती मगर
देवी घर्ती मगरको एक तस्बिर
जन्मरोमाइया गाउँ, बागलुङ जिल्ला
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिकी
चिनारीको कारणनेपाली लोक गायिका
धर्महिन्दु
वेबसाइटhttp://www.devighartimagar.com

देवी घर्ती मगर एक नेपाली लोक दोहोरी गायिका हुन्। उनी नेपाली लोक दोहोरी क्षेत्रमै एक निकै चर्चित तथा सफल गायिका हुन्[१]। देवी घर्तीको जन्म रोमाइया गाउँ, बागलुङ जिल्लामा भएको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

देवी घर्ती मगरको जन्म रोमाइया गाउँ, बागलुङ जिल्लाको एक मध्यवर्गीय परिवारमा भएको थियोे। उनले सानो बेलामा गाउँ घरका, मेलापातहरूमा तथा वन जंगलमा घाँस दाउरा गर्दा गीतहरू गाउँने साथै गुनगुनाउने गर्दथीन्। उनी सानो उमेरकी हुदाँ रेडियोमा राष्ट्रिय स्तरका गायक तथा गायिकाहरूको गीत सुन्न लालायित हुने गर्दथीन्।

सांगीतिक जीवन[सम्पादन गर्नुहोस्]

समयको केही उत्तरार्ध पछि उनी आफ्नो गाउँबाट लक्ष्मी भुजेलसँग काठमाडौ गएकि थिइन्। काठमाडौंमा देवी घर्ती लक्ष्मी भुजेलसँगै बसोबास गर्न थालिन्। उनले बल्ल यस काठमाडौँको बसाइ पछि मात्र आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकि थिइन्। उनले पहिलोपटक लाली गुराँस दोहोरी साँझबाट आफ्नो गायन यात्रा शुभारम्भ गरेकी थिइन्। भने उनको पहिलो रेकर्ड भएको गित बतासैले रुमाल परर रहेको थियो[२]

चर्चित एल्बमहरू[सम्पादन गर्नुहोस्]

देवी घर्ती मगरका केही चर्चित एल्बमहरू[३]
क्र.स. एल्बम वर्ष
१. मायाकै संसार… १९९८
२. पल्के भेना भाइ… २००८
३. माझी खोलैमा… २००९
४. पल्टन जाने दाईको… २००९
५. मेरी माया… २०१२
६. हे ईश्वर… २०१२
७. मेरी सानू… २०१६
८. स्वर्गमा भेट होला… २०१८
९. लाखौं लाखमा… २०१८
१०. मैले माया गर्छु… २०१८

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]