द्विपदीय नामकरण पद्धति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कार्ल लीनियस ले सबैभन्दा पहिले यो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न थालेका थिए।

जीव विज्ञान मा, द्विपदीय नामकरण प्रजातिहरूको नामकरण को एक औपचारिक प्रणाली हो। कार्ल लीनियस नामक एक स्वीडिस जीव वैज्ञानिक ले सबैभन्दा पहिले यस्तो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न आरम्भ गरेका थिए। उनले यसको लागि पहिलो नाम वंश (जीनस) को र दोस्रो प्रजाति विशेषको विशिष्ट नामलाई चुनेका थिए । उदाहरणको लागि, मानवको वंश होमो हो जबकि उसको विशिष्ट नाम सेपियन्स हो, तसर्थ यसप्रकार मानवको द्विपदीय या वैज्ञानिक नाम होमो सेपियंस (Homo sapiens) हो । रोमन लिपिमा लेख्दा दुई नाममध्ये वंशको नामको पहिलो अक्षर ठुलो (क्यापिटल) लेखिन्छ जबकि विशिष्ट नामको पहिलो अक्षर सानो (स्मल) हुन्छ ।

महत्त्व[सम्पादन गर्नुहोस्]

यदि जीव-जन्तु र वनस्पतिहरूको वर्गीकरण नभएको भए आज तिनीहरूको अध्ययन गर्न कति जटिल हुँदो हो, यस कुरालाई सहजै कल्पना गर्न सकिन्छ । आज जन्तुविज्ञान होस् अथवा वनस्पतिविज्ञान नै होस् दुवै विषयमा जीव र वनस्पतिहरूको अध्ययन वर्गीकरणको आधारमा गरिन्छ । जन्तु र वनस्पतिको प्रजाति, वंश, वैज्ञानिक नाम र यस्तै अनेक जानकारी दिने वर्गीकरण व्यवस्थाका पिता कार्ल लिनियस एक अत्यंत प्रतिभाशाली वैज्ञानिक थिए । आज जीवविज्ञानमा जे सबै छ, त्यसमा वर्गीकरण को अद्वितीय भूमिका छ - यसको बिना यो क्षेत्रमा वृहत्तर ज्ञान संभव थिएन। लिनियसले दिएको वर्गीकरण व्यवस्था चिकित्सा जगतमा पनि धेरै मद्दत दिने साबित भएको छ र चिकित्सा विज्ञानी जीव-जन्तुहरू तथा बोटबिरुवाहरूको वर्गीकरण को आधारमा धेरै खोज-अनुसन्धान गर्नमा सफल रहे । आज बोट-बिरुवाहरूको नाम सम्झने काम वर्गीकरणको सहायतामा नै गरिन्छ - वर्गीकरण प्रणालीको सहायतामा नै वनस्पतिहरूको प्रजाति, कुल र वैज्ञानिक नामको बारेमा थाहा पाइन्छ । कुनै पनि जीव या वनस्पतिलाई परिभाषित गर्ने समय सबैभन्दा पहिले त्यसको वर्गीकरण को नै उपयोग गरिन्छ।

नामकरणका नियम[सम्पादन गर्नुहोस्]

द्विपदीय नामकरण को उच्चारण ल्याटिन भाषा को सामान्य नियम का पालन

अक्षरउच्चारण (अ॰ध॰व॰)
a / A
ae / AEअ्या ([ae̯])
au / AUआउ ([au̯])
b / Bब्
c / Cक्
ch / CHच्
d / Dद्
e / E
eu / EUइउ (eu̯)
f / Fफ़् ([ɸ])
g / Gग्
h / Hह्
i / Iई / य्
j / Jय् / ज्
k / Kक्
l / Lल्
m / Mम्
n / Nन्
n-g / n-k / n-q / N-G/K/Qङ्- ([ŋ])
n-p / n-b / N-P/Bम्-
o / O
oe / OEओए ([oe̯])
p / Pप्
ph / PHफ्
q / Qक्
qu / QUकु / क्व् ([kʷ])
r / Rर्
s / Sस्
t / Tत्
th / THथ्
u / Uऊ / व् ([u] [w])
v / Vव् ([w])
x / Xक्स्
y / Yय् / इउ (≈ इ) ([j/y])
z / Zज़् / द्ज़् ([z/d͡z])

स्वरको माथि समतल रेखा (Macron) को अर्थ स्वर दीर्घ हो भन्ने हुन्थ्यो, तर यसलाई लेख्न जरुरी मानिंदैनथ्यो । तर पछि आएर ग्रीक (यूनानी) भाषाबाट आएका शब्द प्रयोग गर्न को लागि यूनानी लिपिबाट यी अक्षरहरू लिइए : K (क्), Y (य् / इउ (≈ इ)), Z (ज़् / द्ज़्)। व्यंजन उअ को लागि V प्रयुक्त गर्न थालियो र स्वर को लागि U । यसको पनि केहि पछि J (य्) र W (व् / उ) थपियो । छोटो अक्षर को रूप (a, b, c, d, e, f, g, h, i, j, k, l, m, n, o, p, q, r, s, t, u, v, w, x, y, z) मध्ययुग मा आए । पश्चिम र मध्य यूरोप को सबै भाषाले लेख्य लिपिको लागि रोमन लिपि अपनाउन लागे ।

केहि जनावरहरूको वैज्ञानिक नाम[सम्पादन गर्नुहोस्]

गाई (Cow) -- Bos primigenius taurus (बोस् प्रीमिजिनियस् टौरस्)
साँढे (Bull) -- Bos primigenius taurus
गोरु (Ox) -- Bos primigenius taurus
भैंसी (Buffalo) -- Bubalus bubalis (बूबालस् बूबालीस्)
कुकुर (Dog) -- Canis lupus familiaris (कानीस् लूपस् फ्यामिल्यारिस्)
कुकुर्नी (Bitch) -- Canis lupus familiaris
पिल्ला (Puppy) -- Canis lupus familiaris
बिरालो (Cat) -- Felis catus (फ़ेलीस् क्याटस्)
ऊंट (Camel) -- Camelus dromedarius (कामेलस् ड्रोमेडारियस्)
घोडा (Horse) -- Equus ferus caballus (ईक्वस् फेरस् क्याबेलस्)
गधा (Donkey/Ass) -- Equus africanus asinus (ईक्वस् आफ्रिकानस् आसीनूस्)
खच्चर (Mule --
बाख्रा (Goat) -- Capra aegagrus hircus (काप्रा एगाग्रस् हीर्कस्)
पाठा (Kid/ Lamb) -- Capra aegagrus hircus
भेडा (Sheep) -- Ovis aries (ओभिस् एरिस्)
भेडी (Eve) -- Ovis aries
भेडाको बच्चा (Faun) -- Ovis aries
सुंगुर (Pig) -- Sus scrofa domestica (सूस् स्क्रोफा डोमेस्टिका)
याक (Yak) -- Bos grunniens (बोस् ग्रून्न्येन्स्)
हात्ती (Asian Elephant) -- Elephas maximus (एलेफास् माक्सीमस्)
बाघ (Tiger) -- Panthera tigris (पान्थेरा टाइग्रीस्)
सिंह (Lion) -- Panthera leo (पान्थेरा लिओ)
फ्याउरो (Fox) -- Canidae (क्यानिडे)
चितुवा (Leopard) -- Panthera pardus (पान्थेरा पार्डस्)
भालु (Bear) -- Ursus thibetanus (ऊर्सस् टिबेटानस्)
स्याल (Jackal) -- Canis aureus (कानीस् औरियस्)
खरायो (Rabbit) -- Oryctolagus cuniculus (ओरिक्टोलेगस् कूनीकूलस्)
बनमानुप (Gorrilla) -- (गोरिल्ला)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:जीव विज्ञान फुटर