द एशेज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
द एशेज
Ashes Urn.jpg
द एशेज ट्रफी
देशहरू  अस्ट्रेलिया
 इङ्गल्याण्ड
प्रशासक अन्तर्राष्ट्रिय क्रिकेट परिषद
ढाँचा टेस्ट क्रिकेट
पहिलो प्रतियोगिता १८८२-८३
आगामी प्रतियोगिता २०१५
प्रतियोगिताको ढाँचा ५ खेलको श्रृङ्खला
टिम सङ्ख्या
वर्तमान ट्रफी विजेता  अस्ट्रेलिया
सबैभन्दा सफल  अस्ट्रेलिया (३२ श्रृङ्खला जित)
सर्बाधिक रन अस्ट्रेलिया डन ब्रेडम्यान (५,०२८)
सर्बाधिक विकेट अस्ट्रेलिया शेन वार्न (१९५)
२०१५ एशेज श्रृङ्खला

इङ्गल्यान्डअस्ट्रेलियाको बिचमा सन् १८८२ देखि खेल्न थालिएको एशेज श्रृङ्खलाको इतिहास एकदमै रोचक छ। यस श्रृङ्खलाको नामकरण बेलायती मिडियाद्वारा भएको हो । सन् १८८२ मा अष्ट्रेलियाले ओभलमा पहिलो पटक इङ्गल्यान्ड क्रिकेट टोलीलाई उसकै जमिनमा हराएको थियो। अष्ट्रेलियाबाट पाएको हारलाई बेलायती मिडियाले सहन सकेनन् । स्पोर्टिङ टाइम्स नामक पत्रिकाले लेख्यो कि इङ्गल्यान्ड क्रिकेटको मृत्यु भइसकेको छ र उसको लासलाई जलाएर खरानी (एशेज) अष्ट्रेलियन टोलीले आफ्नो साथ लाँदैछन् ।[१] यसपछि इङ्गल्यान्ड टोलीको अष्ट्रेलिया भ्रमणको समय बेलायती मिडियाले यस भ्रमणलाई इङ्गल्यान्डको प्रतिष्ठा बचाउने अवसरका रूपमा व्याख्या गरेका थिए । इङ्गल्यान्ड टोलीको अष्ट्रेलिया भ्रमणमा इङ्गल्यान्डका कप्तान इवो ब्लिग लाई वेल्सको खरानी (एशेज) उपहार स्वरूप दिइएको थियो, जुन यस सिरिजको प्रतिक बन्न पुग्यो । १२ देखि १८ महिनाको अन्तरालमा आयोजना गरिने एशेज सिरिजमा पाँच टेस्ट खेलिने प्रावधान छ । यस श्रृङ्खलालाई अष्ट्रेलियाले सर्वाधिक ३१ पटक जितेको छ । यस श्रृङ्खलामा सर डन ब्रेडम्यानको नाममा सबभन्दा धेरै रन बनाउने किर्तिमान छ ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Wendy Lewis, Simon Balderstone and John Bowan (2006). Events That Shaped Australia. New Holland. प॰ 75. . 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]