द सतानिक वरेसस्
द सतानिक वरेसस् सलमान रुस्दीद्धारा लिखित उपन्यास हो। स्याटनिक वर्सेस सलमान रुश्दीको चौथो उपन्यास हो। यो सन् १९८८ जुन १ मा पहिलो पटक प्रकाशित भएको थियो। उपन्यास मोहम्मदको जीवनबाट प्रेरित छ। आफ्ना अघिल्ला पुस्तकहरूमा जस्तै रुश्दीले यस उपन्यासमा पनि जादुई यथार्थवाद प्रयोग गरी, समकालीन घटनाहरू र व्यक्तिहरूमा निर्भर भई पात्रहरुको चरित्र सिर्जना गरेका छन्। शीर्षकले कुरानमा भएका शैतानी स्लकोलाई जनाउँछ; यसले तीन मेक्काका देवीलाई जनाउँछ: ओल्ट, उज्जा र मानत।[१] कथाको अंशहरु इतिहासकार अल-वाकिदी र अल-तबारीको कथामा आधारित छन्।
बेलायतमा, द शैतानिक भर्सेसले सकारात्मक समीक्षा पायो। सन् १९८८को बुकर प्राइज नामक पुरस्कार छनोटमा अन्तिम सम्ममा पुग्न सफल भएको थियो (जुन पिटर क्यारीको अस्कर र लुसिंडासँग पराजित भएको थियो) र सन् १९८८ को ह्वाइटब्रेड पुरस्कार जित्न सफल भएको थियो। उपन्यास बाट ठूलो विवाद उत्पन्न भयो; मुसलमानहरूका अनुसार उपन्यासले ईश्वरनिन्दा, ईश्वर प्रतिको विश्वासको खिसी गरेको आरोप लगाएका छन्। मुस्लिमहरूको आक्रोशको परिणाम स्वरूप सन् १४ फेब्रुअरी १९८९ मा इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्ला रुहल्लाह खोमेनीले रुश्दीको मृत्युको लागि आह्वान जारी जारी गरिएको थियो। परिणामस्वरूप बेलायत सरकारले पुलिसको सुरक्षामा राखिएको रुश्दीलाई मार्ने प्रयास भने असफल भएको थियो। र अनुवादक हितोशी इगराशीको पनि यसै घटना सँग रही हत्या भएको थियो।
भारतमा मुस्लिमहरु प्रति कटाक्ष भएको भनि प्रतिबन्धित गरिएको छ।[२][३]
समग्रमा पुस्तकलाई राम्रो मानिएको छ। सन् २००३ को समिक्षामा रुस्दीको यस उपन्यासलाई कलाकारिक उपल्ब्धि भनी, समिक्षिक ह्यारोल्ड ब्लुमले उल्लेख गरेका छन्। टिमोथी ब्रेननले पुस्तकलाई आप्रवासीका अनुभव रहेका सँगै विभिन्न पक्ष बाट विश्लेषण गरेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).
- ↑ Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value). अभिलेखिकरण २९ अप्रिल २०१३ वेब्याक मेसिन
- ↑ Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).