धुस्वाँ साय्मि
![]() | यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (मे २०१३) (यो ढाँचा सन्देश कसरी र कहिले हटाउने जान्नुहोस्) |
प्रख्यात उपन्यासकार धुस्वाँ सायमी (गोविन्दबहादुर मानन्धर)को जन्म विक्रम संवत् १९८७ साल जेठ १० गते झोँछे काठमाडौंमा भएको हो।
जीवनी[सम्पादन गर्ने]
सुरुवाती जीवन[सम्पादन गर्ने]
सायमीले लेखनको सुरुवाट भने एकाङ्कीबाट गर्नुभएको थियो। नेपालकै पहिलो पीएचडी डाक्टर नारायणबाबु मानन्धर र दानमाया मानन्धरका छोरा धुस्वाँले २००८ सालमा 'हिमाली क्रन्दन' एकाङ्की प्रकाशित गर्नुभएको थियो। लामो समयसम्म प्राध्यापन पेसामा संलग्न सायमीले साहित्य लेखनमा उपन्यासलाई आफ्नो विधा बनाउनुभयो। उहाँ भारतका लागि नेपालको सांस्कृतिक सहचारीका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। भारतीय लेखिका अम्रिता प्रितमले उहाँलाई नै नायकका रूपमा प्रस्तुत गरेर चर्चित उपन्यास 'अदालत' लेख्नुभएको थियो।
विक्रम संवत् २००९ सालमा नेपाल भाषामा पहिलो उपन्यास मिसा प्रकाशित गर्नुभएका सायमीका नेपाल भाषामा १३ वटाभन्दा बढी उपन्यास, तीनवटा कवितासङ्ग्रह र दुर्इवटा नाटक प्रकाशित छन्। उहाँको गङ्की उपन्यास निकै चर्चित रहृयो। गङ्की उपन्यास नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद भएको छ। कुनै पनि वादमा बाँधिएर साहित्य लेख्न नरुचाउने उहाँका त्रिवेणी र हृयाउँ मिखा नाटक पनि प्रकाशित छन्। आफूलाई यथास्थितिवादको विरोधी भन्न रुचाउने सायमीका खिलँ, मतिना, हृयाउँ स्वाँ, मैजु, गङ्की, पासा, दीपा, पल्पसा, फिसवा लिस, माखा, अगति, निभा, दिशा, त्याना चँगु ल खुशी जी, न्याफो स्वाँ, मुँ स्वाँ, ब्वालालगायत नेपाल भाषामा कृति प्रकाशित छन्।
कुनै पनि सीमा अथवा बन्धनले साहित्यलाई पूर्णरूपमा अभिव्यक्त दिँदैन भन्ने विश्वास उहाँमा थियो। साहित्यकार प्रकाश सायमीका अनुसार धुस्वाँका नेपाल भाषा, नेपाली, अङ्ग्रेजी, हिन्दी र अनुवाद गरी ३२/३३ वटा कृति प्रकाशित छन् । यसैगरी नेपाली भाषामा सातवटा उपन्यास र तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । खरानीको बस्ती, मंगा, दीपालगायत प्रकाशित छन् भने हिन्दी अनुवादमा मै दासी मै सराय, अग्नीर्गर्भ, रेपकी दरार, जलजला, कविताओंका जङ्गल, शब्दोंका आकासलगायत प्रकाशित छन् । यसैगरी अङ्ग्रेजीमा पनि द इक्लिप्सलगायत दुर्इ कृति प्रकाशित छन्।
उहाँ २०५१ सालदेखि ५५ सालसम्म हालको नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ हुनुहुन्थ्यो। भारतमा आमन्त्रित प्राध्यापकका रूपमा समेत सेवा गर्नुभएका सायमी नेपाल भाषा र हिन्दी साहित्यमा निकै चर्चित हुनुहुन्थ्यो। उहाँले आफ्नो चर्चित उपन्यास गङ्की र श्रीमती वसुन्धराको नामबाट उपन्यास विधाका र्सजकलाई प्रदान गर्नेगरी 'गङ्की-वसुन्धरा' पुरस्कार स्थापना गर्नुभयो। यसैगरी 'जनमत-दीपा' पुरस्कारसमेत स्थापना गर्नुभएको थियो।
पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]
उहाँले महेन्द्रविद्याभूषण, प्रबल गोरखा दक्षिणबाहु, श्रेष्ठ सिरपा (दुर्इपटक)लगायत पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ। भारती शास्त्रमा एमए गर्नुभएका उपन्यासकार सायमीले पछिल्लोपटक गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकद्वारा प्रदान गरिने 'मधुपर्क सम्मान-०६४' प्राप्त गर्नुभएको थियो । नेपाल भाषा सेवाबापत उहाँलाई 'साहित्य सुत'को उपाधिसमेत प्रदान गरिएको छ।
निधन[सम्पादन गर्ने]
उहाँको ७७ वर्षको उमेरमा (२०६४ साल पुस २ गते सोमबार बिहान) निधन भएको थियो । उपन्यासकार सायमीलाई हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिहान ९ बजे उहाँको निधन भएको थियो ।[१][२]
यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://nai.com.np/contents.php?id=317
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.khasskhass.com/dhuswan.htm