नडाइल जिल्ला
नडाइल जिल्ला
নড়াইল | |
---|---|
निर्देशाङ्क: २३°०८′N ८९°३०′E / २३.१३°N ८९.५०°Eनिर्देशाङ्कहरू: २३°०८′N ८९°३०′E / २३.१३°N ८९.५०°E | |
देश | बङ्गलादेश |
क्षेत्रफल | |
• जम्मा | ९९०.२३ किमी२ (३८२.३३ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ७२१,६६८ |
• घनत्व | ७३०/किमी२ (१९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ७५०० |
वेबसाइट | www |
नडाइल (बङ्गाली: নড়াইল) बङ्गलादेशको दक्षिण-पश्चिम भागमा रहेको एक जिल्ला हो । यो जिल्ला खुल्ना विभागमा पर्छ ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]नडाइल सहर एक जमिन्दारको नामबट उत्पत्ति भएको थियो । यहाँका जमिनदारहरूले रुपगञ्ज बजारको स्थापना गरेबा थिए, जुन एक जमिन्दारको नामबाट राखिएको थियो । उनिहरूले यस सहरमा ब्रिटिस्ट शासनकालमा रुपगञ्ज सहर नजिक पहिलो पटक एक हुलाक कार्यलयको स्थापना गरेका थिए । त्यसपछि उनिहरूले नडाइल सहरको उत्थानका लागि संस्कृतिक, खेलकुद र शिक्षामा विकास गरेका थिए ।
भूगोल
[सम्पादन गर्नुहोस्]यो जिल्ला २३°०२' देखि २३°१९' उत्तर अक्षांश र ८९°३३' देखि ८९°४८' पूर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्य ९७८.७६ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई मगुरा जिल्लाले उत्तरबाट घेरेको छ भने दक्षिणमा खुल्ना र बागेरहाछ जिल्लाहरूले घेरेका छन् । त्यस्तै गरी फरिदपुर र गोपालगञ्ज जिल्लाले पुर्वमा र जशोर जिल्लाले पश्चिमबाट घेरेको छ ।
यस जिल्लाको वार्सिक अौसत तापक्रम ११.२ डिग्री देखि ३७.१ डिग्री मापन गरिन्छ भने यस जिल्लामा वार्सिक १४६७ मिलिमिटर पानी पर्ने गरेको छ । यस जिल्ला हुँदै मधुमती, नवगंग, भौरव र चित्रा नदि बगेको छ ।
धर्म
[सम्पादन गर्नुहोस्]यस जिल्लामा सबैभन्दा धेरै इस्लाम धर्म मन्नेहरु छन् । यस जिल्ला १६७५ मस्जिद, २४८ मन्दिर, चार चर्च, सात चिहानहरू रहेका छन् । श्री त्रिभङ्गा ब्रह्मचारी (श्री श्री भगत सवश्रम सङ्घका बाबाजी) द्वारा स्थापित राधा राणा स्मृती तिर्थ मन्दिर भ्रमण गर्ने एक प्रमुख स्थान हो ।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासनिक नडाइल जिल्ला सन् १९८४ मा स्थापना भएको थियो । यस जिल्लाका ३ उप- जिल्लाहरू रहेका छन् जसमा नडाइल सदर सबैभन्दा ठूलो उप-जिल्ला हो भने (३८१.७६ वर्ग किलोमिटर) भने लोहाजडा सबैभन्दा सानो उप-जिल्ला हो (२९०.८३ वर्ग किलोमिटर) । नडाइल सहर चित्राको किनारमा रहेको छ । यस जिल्ला उप-जिल्लाहरू नडाइल सदर र कालिया नगरपालिकामा र ३९ सङ्घीय परिसदमा विभाजित भएका छन् जुन १८ वडा, ४३ महल, ४४५ मैजास, ७५१ गाउँमा उप विभाजित छन् ।
यातायात
[सम्पादन गर्नुहोस्]नाडाइल जिल्ला प्रमुख यातायात रूपमा सडक यातायात रहेको छ । यो जिल्ला पश्चिममा क्षेत्रीय राजमार्ग आर ७५० सँग जोडिएको छ जुन जशोर जिल्ला सम्म पुग्छ भने यो ३२ किलोमिटर सम्म फैलिएको छ । यस जिल्लाको उत्तरमा आर ७२० राजमार्ग रहेको छ जुन ५० किलोमिटर उत्तर मगुरा जिल्ला सम्म पुग्छ । यस जिल्ला भित्र पनि जिल्ला सडक जेड५०३ रहेको छ जुन पुर्वमा लोहागरा सहर र मधुमतीको घाट सम्म पुगेको छ । यो जिल्ला जेड७५०२ रहेको छ जुन दक्षिणमा फैलिएर नवगंगा नदि र भरोइपारा घाट सम्म जान्छ । [२]
रुची को विषय
[सम्पादन गर्नुहोस्]नडाइल भिक्टोरीया कलेज र स्कुल बङ्गलादेशको सबैभन्दा पुरानो आधुनिक हाई स्कूलहरु मध्ये एक हो जसन १८५८ मा नडाइलका एक जमिनदार द्वारा स्थापित गरिएको थियो जसले जिल्लामा शिक्षाको एक प्रस्तावक थिए । उनिहरूले जिल्लामा एक छात्रा विद्यालयको पनि स्थापना गरेका थिए जसलाई शिव शङ्कर स्मारक छात्रा विद्यालयको नाम दिइएको थियो । पछि यो विद्यालय त्याहाँका सबैभन्दा मानिसहरू पूर्व पाकिस्तानबाट भारत गएपछि उपयुक्त लगानी कोषको अभावका कारण बन्द भएको थियो । यो विद्यालय केहि वर्ष पछि स्थानीयको पहलमा पुन सञ्चालनमा आएको थियो । उनिहरूले विद्यालयलाई आवस्यक सामग्री छिमेकीहरूबाट उपलव्ध गराए र घरघरमा गएर आमाबाबुलाई आफ्ना छोराछोरीलाई यहि विद्यालयमा पठाउन अनुरोध गरेका थिए ।
सिख महम्मद सुल्तान (१० अगस्ट १९२३-१० अक्टोबर १९९४) बङ्गलादेशका एक चित्रकार र रचनाकार थिए जुन नडाइल जिल्लामा जन्मिएका थिए । उनको प्रसिद्धि चित्रहरू बङ्गलादेशका पारिश्रमिक किसानहरूमा आधारित छ जो दैनिक जिवीको पार्जनकालागी दिन रात मेहनत गर्ने गर्थे । उनी शेख मोहम्मद मेचर अली र मोचम्म मेरनेन्सा का छोरा हुन । बङ्गलादेशका एक महान व्यक्तित्व बम्किमन्द्र चट्टोपाध्याय पनि यहि जिल्ला थिए ।
कलिया राजमहल बङ्गालको अर्को ठूलो महलको रूपमा रहेको छ । नागगती ब्रिटिश अवधिमा यो एक थाना रूपमा रहेको थियो । रोबी शङ्कर र उदय शङ्कर पनि यहि जिल्लाका वासिन्दा थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "नडाइल जिल्ला जानकारी", बङ्गलापिडिया।
- ↑ "खुल्ना विभागका सडक सञ्जालहरू", सडक र राजमार्ग विभाग, मे २००५, अन्तिम पहुँच २५ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०१४ मिति