नदीको आधारमा नेपालको विभाजन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नदिको आधारमा नेपालको विभाजन नेपालको जल प्रवाह व्यबस्थामा कोशी, गण्डकीकर्णाली तीन नदिहरु मुख्य छन् । यीनै तीन नदिहरूलाई आधार मानेर नेपालको पुर्व देखी पश्चिम सम्मको भू-भागलाई तीन भागमा विभाजन गरेको छ ।

कोशी प्रदेश[सम्पादन गर्ने]

पूर्वमा कञ्चनजंघा हिमालय देखि पश्चिममा लाङ्टाङ हिमालय सम्म यसको प्रभाव क्षेत्र रहेको छ । कुसिक ऋषिको नामबाट नामाकरण भएको कोशी नदि नेपालको सबैँभनदा ठुलो नदि हो । कुल लम्बाइ ७२० कि. मि. रहेको यो नदिको बहाव क्षमता लगभग १५६४ घनमिटर पति सेकेन्ड रहेको छ । यस नदिले करिब ३३००० वर्ग कि. मि. क्षेत्र सिंचित गरेको छ । यस नदिका सहायक नदिहरु सुनकोशी नदी, तामाकोशी नदी, दुधकोशी नदी, इन्द्रावति नदी, अरुण नदी, तमोर नदीलिखु नदी हुन् । यि नदिहरूमा सबभन्दा ठुलो अरुण र सबभन्दा सानो लिखु हो । यस नदिबाट २२००० मे. वा. विधुत उत्पादन गर्न साकिन्छ । यश नदि लाई भारत मा दामोदर भनिन्छ र बिहार को दुख को नाम ले पनि चिनिन्छ।

गण्डकी प्रदेश[सम्पादन गर्ने]

यो प्रदेश पूर्वमा लाङ्टाङ देखि पश्चिममा धवलागिरी सम्म यसको प्रभाव क्षेत्र पर्दछ । गण्डकी नदि नेपालको सबभन्दा ठुलो नदि हो । यसको नाम गाण्डब ऋषिको नामबाट नामाकरन गरिए हो । कुल लम्वाइ ३३८ कि.मि. भएको यो नदिको सरदर बहाव क्षमता १७१३ घनमिटर प्रति सेकेन्ड रहेको छ । गण्डकि नदिले नेपालको करिब २६००० वर्ग किलोमिटर क्षेत्र सिञ्चित गरेको छ । यस नदिका सहायक नदिहरू त्रिशुली नदी, बुढीगण्डकी नदी, कालीगण्डकी नदी, सेति, मादि, मर्स्याङ्दी र र दरौदि हुन् । यसमा सबै भन्दा ठुलो नदि कालिगण्डकि र सानो त्रिशुलि हो । यस नदिबाट २१००० मे. वा. विद्युत उत्पादन गर्न सकिन्छ ।

कर्णाली प्रदेश[सम्पादन गर्ने]

नेपालको सबैबभन्दा लामो नदि कर्णाली नदि हो । पूर्वमा धवलागिरी देखी पश्चिममा ब्यास ऋषि हिमाल नन्दादेबी सम्म यसको प्रभाव रहेको छ । यसको कुल लम्वाइ ५०७ कि.मि. र बहाव क्षमता १३०० घनमिटर प्रति सेकेन्ड रहेको छ।४९००० वर्ग कि. मि. क्षेत्र सिञ्चित गरेको छ यस नदिले । एस नदिको बिद्युत उत्पादन क्षमता ३२००० मेगावाट रहेको छ । यसका सहायक नदिहरु हुम्ला कणार्लि, मुगु कर्णाली , ठुलो भेरि सानो भेरि तिला बुढीगङ्गा र सेति हुन् । नेपालको लामो नदिको रुपमा चिनिने यो नदिलाई भारतमा पुगेपछि घांगरा नामले चिनिन्छ।