सामग्रीमा जानुहोस्

आयुर्वेद चिकित्सालय, नरदेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयुर्वेद चिकित्सालय, नरदेवी
प्रकारआयुर्वेद
स्थापनावि.सं १९७४
स्थान,
वेबसाइटnah.gov.np

नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँमा अवस्थित एक आयुर्वेदिक अस्पताल हो। विसं १९७४ वैशाख शुक्ल अक्षय तृतीयाका दिन नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको थियो।[] नेपालकै पहिलो प्राविधिक शिक्षाका रुपमा रहेको आयुर्वेदको औपचारिक शिक्षा पनि १० वर्षपछि यसको परिधिमा सुरु भएको थियो। १९८५ मा नरदेवीलाई हस्तान्तरण गरी नरदेवी आयुर्वेदिक अस्पताल नामकरण गरिएको थियो। अहिले यस अस्पताल ११८ शय्याको सुविधा सम्पन्न छ।[]

नरदेवी अस्पतालले विभिन्न आयुर्वेदिक सेवा उपलब्ध गराउँछ। जसमध्ये प्रमुख सेवाहरू निम्न प्रकार रहेका छन्;

  • काय चिकित्सा तथा पञ्चकर्म चिकित्सा
  • शल्य चिकित्सा
  • स्त्री तथा प्रसुती / कौमारभृय चिकित्सा
  • अकुपञ्चर तथा मर्म चिकित्सा
  • फिजियोथेरापी
  • शालाक्य चिकित्सा
  • रेडियोलोजी सेवाहरु
  • अस्पताल फार्मेसी
  • प्रयोगशाला
  • अन्तरङ्ग सेवा
  • बहिरङ्ग (OPD) सेवा[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राममणि भण्डारी, "Nardevi Central Ayurveda Hospital, Kathmandu", आयुर मन्त्र (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ अभिलेखिकरण २०२२-११-०७ वेब्याक मेसिन
  2. "नरदेवी आयुर्वेद चिकित्सालय सङ्कटमा", जनबोली (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ अभिलेखिकरण २०२२-११-०७ वेब्याक मेसिन
  3. "आयुर्वेद चिकित्सालय नरदेवीको १ सय ६ वर्षसम्म पनि भएन संगठनात्मक सर्वेक्षण", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच ११ फागुन २०७९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]