नवजात अवस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानवजीवन जन्मपछिको अवस्था (अङ्‍गेजीमा: पोस्टनाटल इस्टेज)बाट सुरु हुन्छ । यो मानवजीवनमा जन्मदेखि र जन्मेपछि २ हप्तासम्मको जीवनावधि हो । यो नयाँ वातावरणमा समायोजन हुने अवस्था हो । यो अवस्थालाई हुरलक्कका अनुसार २ भागमा बाड्न मिल्छ।[१]

  1. जन्मपछि नाल नकाटुन्जेलको अवस्था: यो गर्भबाट बाहिरी संसारमा निस्केपछि नाल नाकटुन्जेलको अवस्था हो । करिब १५ देखि ३० मिनेटसम्म यो अवस्था रहन्छ।
  2. नवजात शिशु अवस्था: यो नाल काटेपछिको करिब २ हप्ताको समय हो। यो अवस्थामा नवजात शिशु नयाँ वातावरणमा मा समायोजन हुन थाल्छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Developmental Psychology, A life span Approach, New Delhi: Tata Mc GRAW-Hill। 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]