नाइट्रोजन चक्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाइट्रोजनको प्रमुख स्रोत वायुमण्डल हो । विभिन्न प्रक्रियाहरुद्वारा यसलाई वनस्पति तथा जन्तुहरूले लिन सक्ने अवस्थामा सिर्जना हुन्छ ।

विजुली चम्कँदा निस्कने तापले गर्दा वायुमण्डलको नाइट्रोजन र अक्सिजन मिलि नाइट्रस र नाइटृक अक्साइड बन्दछ्न् । यि पदार्थहरु वर्षा हुँदा पानीसित घोलिई नाइट्रस र नाइटृक अम्लहरु बन्दछ्न् । यि अम्लहरु माटोमा पुगेपछि माटोमा रहेका लवणहरुसित मिलि नाइट्रेट बन्दछ्न् ।

नाइट्रोजन फिक्सिङ ब्याक्टेरियाहरूले वायुमण्डलिय नाइट्रोजनलाई नाइट्रेटमा परिवर्तन गर्दछ्न् । जुन वनस्पतिहरूले जराद्वारा सोसि प्रयोगमा ल्याउछ्न् । त्यसपछि बोटबिरूवाहरूले नाइट्रेटलाई एमोनियामा परिणत गर्दछ्न् जुन वायुमण्डलमा मिल्दछ । डिनाइटृफाइड ब्याक्टेरियाहरूले माटोमा भएको नाइट्रेटलाई वायुमण्डलिय नाइट्रोजनमा बदल्छ्न् । यस प्रक्रियालाई डिनाइट्रीकरण भनिन्छ ।डिनाइट्रफिकेट गनेॅ वयाक्टेरिया हरू-एजोवयाक्टर,क्लोस्ट्रिडियम,रोडोस्पिलिरियम आदि हुन्। यसरि नइट्रोजन चक्र चलिरहेको हुन्छ ।