नागमणि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


चिसो ठाउँमा बस्ने अत्यन्तै विषालु र फण फिजाउन सक्ने जुन सर्पको टाउकामा खराउको चिन्ह हुन्छ, त्यसको टाउकोमा नागमणि हुनसक्छ भन्ने विश्वास छ। यसको वर्णन पौराणिक ग्रन्थ भागवतमा पाइन्छ।

त्यस्तो नागले रातको समयमा मणि ओकलेर उज्यालो पारी सिकार गर्छ भन्ने विश्वास रहेकाले यस्तो सर्पबाट मणि प्राप्त गर्न सकिने पुरातन सोच छ। यस्तो मणि पाउने व्यक्तिले आर्थिक सम्पन्नता, साहस, दीर्घायु, सुस्वास्थ्य आदि हासिल गर्ने किंवदन्ती पनि छ । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र संकायका उपप्राध्यापक भैया खनाल भने यो केवल मिथक भएकाले अन्धविश्वासमा सीमित रहेको बताउँछन् |