निमेश गुरूङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निमेश गुरूङ
विजेता मेडल सहित मिडियाका लागि अन्तर्वार्ता दिदै निमेष गुरुङ ।
व्यक्तिगत जानकारी
जन्म नामनिमेश
पुरा नामनिमेश
राष्ट्रियतानेपाली
जन्ममादी मूलखर्क–५ चिरैते गाउँ
संखुवासभा
खेल
राष्ट्रनेपाल
खेलदौड
क्लबसिङ्गापुर पुलिस क्लब
पदक कीर्तिमान
व्यक्तिगत उत्कृष्टताको प्रतिनिधित्व गर्दै
सवर्ण पदक – पहिलो स्थान २०१३ सिङ्गापुर
च्याम्पियनसिप
५,००० मीटर
सवर्ण पदक – पहिलो स्थान २०१३ सिङ्गापुर
च्याम्पियनसिप
१०,००० मीटर
रजत पदक – दोस्रो स्थान २०१४ स्ट्रेट
टाइम रनिङ
रजत पदक – दोस्रो स्थान २०१४ मलेसिया
अन्तराष्ट्रिय
च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २०१६ प्रहरी
विश्व च्याम्पियनसिप
१/२ म्याराथन
सवर्ण पदक – पहिलो स्थान २०१६ प्रहरी
विश्व च्याम्पियनसिप
१०,००० मीटर
सवर्ण पदक – पहिलो स्थान २०१८ द स्ट्रेट
टाइम रन
१०,००० मीटर

निमेश गुरूङ (Nimesh Gurung) एक नेपाली दौडका खेलाडी हुन् । उनले हाल सम्म पनि (२०१८ सम्म) कुनै पनि दौड प्रतियोगितामा नेपालको तर्फबाट आधिकारिक रूपमा सहभागीता नजनाए पनि आफ्नो प्रत्येक सहभागीतामा नेपाललाई भने चिनाउने काम गर्दै आएका छन् । साथै उनी एक सिङ्गापुरे पुलिस अझ नेपाली स्थानीय भाषामा एक सिङ्गापुरे लाहुरे पनि हुन् ।


सिङ्गापुर पुलिसमा भर्ना भएको करिब ३ वर्षपछि उनले आफूलाई एथ्लेटिक्समा उतारेका थिए, र अहिले सिंगापुर पुलिसका ५ र १० किलोमिटरका सबैभन्दा उत्कृष्ट धावक हुन् । साथै उनले ५ तथा १० किलोमिटरको दौडमा आफ्नो नाममा नयाँ सिङ्गापुरे रेकर्ड राख्न सफल भएका छन् । [१]

उनले हालसम्म ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन् । उनको कोठा मेडलै मेडलले भरिएको छ । सम्मानपत्र र अन्तर्राष्ट्रिय मिडियमा पाएको कभरेजको सूची लामै छ । यस्तै सिंगापुरबाट दौड सिकेर अन्तर्राष्ट्रिय स्तरमै आफूलाई अब्बल बनाएका निमेशका लागि नेपालको झण्डा लिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अबको योजना रहेको छ ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

संखुवासभा जिल्लाको एक विकट बस्ती मादी मूलखर्क–५ चिरैते गाउँमा जन्मिएका निमेशको बाल्यकाल दुःख तथा अभावैअभावमा बितेको थियो । उनी परिवारका जेठा छोरा थिए । वैदेशिक रोजगारीमा गएका बुबा कमाउनुको सातो बिरामी परे असक्त भएर घर फर्किए । त्यसपछि निमेशको परिवारलाई दुःखको गहु्रंगोे भारीले थिच्एको थियो ।

शिक्षा[सम्पादन गर्नुहोस्]

उनले औपचारिक शिक्षाका रूपमा कक्षा १२ सम्म अध्यायन गरेका थिए । भने उनले विद्यालय स्तरका शिक्षा स्थानीय गाउँमानै हासिल गरेका थिए ।

खेल कार्यकाल[सम्पादन गर्नुहोस्]

शुरूवाती कार्यकाल[सम्पादन गर्नुहोस्]

निमेश २००८ मा सिङ्गापुर प्रहरीमा भर्ना भएका थिए। फैजमा भर्ना भएपछि उनी केही मोटाए। त्यस पछि उनी तौल घटाउन दौडिन शुरू गरेका थिए। उनले दौडेकै भरमा ७/८ महिनामै १५ किलोसम्म तौल घटाएका थिए र त्यसपछि उनलाई लाग्यो म पनि धावक बन्नसक्छु। त्यसो त गोरखा रेजिमेन्टका अन्य सदस्यहरूले दौड प्रतियोगिता जितेर मेडल लिएर आउँदा उनलाई पनि धावक बन्ने सुसुप्त इच्छा नजागेको जाग्ने गरेको थियो। त्यस पछि सिङ्गापुर पुलिसमा भर्ना भएको ३ वर्षपछि उनले आफूलाई एथ्लेटिक्समा उतारे र अहिले सिङ्गापुर पुलिसका ५ र १० किलोमिटरका सबैभन्दा उत्कृष्ट धावक हुन सफल भएका छन्।[२]

सिङ्गापुरे कीर्तिमान[सम्पादन गर्नुहोस्]

प्रशिक्षकबिना खेल कार्यकाललाई अघि बढाएका निमेशले सन् २०१३ को अन्त्यतिर सिङ्गापुरको एथ्लेटिक्समा तहल्का मच्चाएका थिए। उनले त्यसबेला ५ हजार र १० हजार मिटर दौडमा सिङ्गापुरको राष्ट्रिय कीर्तिमान तोडे। ५ हजार मिटरमा २५ वर्ष पुरानो रेकर्ड तोड्ने क्रममा १५ मिनेट २४ सेकेन्डमा पूरा गरे। ५ हजार मिटरमा सन् १९८८ पछि कोही धावकले पनि रेकर्ड तोड्न सकेका थिएनन्। १० हजार मिटरमा भने उनले १० वर्षपछि नयाँ कीर्तिमान बनाएका थिए।

व्यक्तिगत उत्कृष्ट प्रदर्शनी[सम्पादन गर्नुहोस्]

  • निमेश गुरूङले कायम गरेका रेकर्डहरू :-
प्रतियोगिता समय (सेकेन्ड) वर्ष रेकर्ड टिप्पणी
५,००० मीटर सिङ्गापुर राष्ट्रिय च्याम्पियनसिप १५ मिनेट २४ सेकेन्ड २०१३ सिङ्गापुर राष्ट्रिय रेकर्ड २५ वर्ष पुरानो रेकर्ड
१०,००० मीटर सिङ्गापुर राष्ट्रिय च्याम्पियनसिप _ २०१३ सिङ्गापुर राष्ट्रिय रेकर्ड १० वर्ष पुरानो रेकर्ड

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • सिंगापुर होमटिम स्पोर्टस्म्यान अफ दी इयर २०१८

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]