निम्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निम्की
वैकल्पिक नामहरूनिम्किन
क्षेत्र वा राज्यभारतीय उपमहाद्वीप

निम्की वा निम्किन, भारतीय उपमहाद्वीपमा खाइने कुर्कुरे स्वादिष्ट खाजा हो।[१] यसलाई प्राय: नेपाल, भारत, पकिस्तान र बङ्गलादेश मा बनाइने गरिन्छ।

निम्की बनाउन मैदाको पिठोमा ज्वानो र नून हलेर डल्लो बनाइन्छ र तेस्लाई पातलो गरेर बेलेर इट्टाको आकारम काटिन्छ। अनि त्यसलाई घिउ वा तेलामा तरिन्छ। यसलाई तयार गर्न लगभग १० मिनेट र पकाउन २० मिनेट चाहिन्छ। रूप, स्वाद र बनावटलाई समोसाको बाहिरी भाग सँग तुलना गर्न सकिन्छ।

यसमा अन्य मसलाहरू पनि थप्न सकिन्छ, जस्तै मेथीको सुकेको पात, सुकेको पुदिनाको पात आदि।

पूर्वी नेपाल खासगरी धरान शहरमा निम्कीमा आलु दम हालेर आलु-निम्की भन्ने खानेकुरा बनाएर खाने गरिन्छ ।

बनाउने विधि[सम्पादन गर्नुहोस्]

सामग्री[सम्पादन गर्नुहोस्]

  • मैदा ३ कप
  • नुन २ चम्चा
  • घिउ १ कप
  • जिराका दाना १ चम्चा
  • कालो तिल-डेढ चम्चा
  • खानयोग्य सुन्तला रंग अलिकति
  • तेल वा घिउ तार्न आवश्यकता अनुसार

विधि[सम्पादन गर्नुहोस्]

  1. एउटा भाँडामा मैदा राख्ने, त्यसमा नुन, तिल, जिरा, रंग, घिउ र पानी हालेर मज्जाले मुछ्ने।
  2. यस्तो पीठो नरम हुनुपर्छ।
  3. त्यसपछि स-साना गोला काट्ने।
  4. त्यसलाई पातलो गोलो बनाई बेल्ने र आधा पट्याउने।
  5. फेरि तीन चुच्चा तीन पत्र हुने गरी पट्याउने।
  6. त्यसपछि पान आकारमा ठूलो हुने गरी बेल्ने।
  7. यसलाई तातो घिउमा दुवै साइड पकाएर निकाल्ने।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Online, Nepal Media (२०२१-०६-०१), "घरमानै खाजाकोलागि बनाउनुहोस निम्की", Nepal Media (en-USमा), अन्तिम पहुँच २०२२-१२-०७