नुसरत फतेह अली खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नुसरत फतेह अलि खान

नुसरत फतेह अलि खान ( अंग्रेजी ः Nusrat Fateh Ali Khan ) (ऊर्दू ः نصرت فتح علی خان ) सूफी शैलीका प्रसिद्ध कव्वाल थिए । नुसरतको गायन ले कव्वालीलाई पाकिस्तानभन्दा बाहिर अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गर्यो । कव्वालहरूको खानदानमा १३ अक्टोबर १९४८ मा पंजाबको फैसलाबादमा नुसरतको जन्म भएको थियो । नुसरतका पिता उस्ताद फतह अलि खाँ प्रसिद्ध कव्वाली गायक थिए । नुसरतका पिताको सपना थियो कि नुसरत परम्परादेखि चल्दै आएको गायन क्षेत्रमा नलागेर डक्टर बनुन् , त्यसैले नुसरतलाई उनी गायनबाट रोक्न चाहन्थे र ६०० वर्षदेखि चल्दै आएको आफ्नो परम्परालाई तोड्न चाहन्थे तर भगवान् को इच्छा अरु नै थियो । ६०० वर्षको साधनालाई पुञ्जीभूत रूपमा फल प्रदान गरेजसरी नै नुसरतको स्वरमा जादूई क्षमता अल्लाहले भरिदिएका थिए ।

उनले कव्वालीका अलावा सुफी संगीत, गजल र फ्युजन गायन पनि गरेका छन् । परम्परागत कव्वालीलाई आधुनिक रुप दिएर युवाहरूको मनमा राख्ने सफल प्रयासको श्रेय पनि नुसरत फतेह अलि खान लाई नै जान्छ ।

उनको चामत्कारिक गायन क्षमतालाई पिताको डक्टरी सपना ले रोक्न सकेन । नुसरत आफ्नो गायन कलाले सुन्ने सबैलाई मन्त्रमुग्ध बनाउँथे ।

जीवन परिचय[सम्पादन गर्नुहोस्]

नुसरत को जन्म १३ अक्टोबर १९४८ मा पंजाबको फैसलाबाद (पाकिस्तान) मा भएको थियो । नुसरतका १२५ भन्दा धेरै एल्बमहरु निस्केका छन् । नुसरतको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि रहेको छ । उनको गायन शैली, फन्कार, ताल, सुर, र सुरुर ले यस्तो लाग्थ्यो कि स्वयं भगवान् नै उनको गायन सुन्नको लागि महफिलमा आएका छन् । भन्न सकिन्छ कि जब नुसरत गाउँथे भगवान् त्यहीं आसपास रहेर मन्त्रमुग्ध हुन्थे । आध्यात्मिक जगतका सम्पूर्ण स्रोताहरूको मन नुसरतले जितेका छन् ।

१९९३ मा शिकागो शहरको विन्टर फेस्टिभलको बेलुका नुसरतको गायनले सारा संसार पुलकित भएको थियो । उनको २० मिनेटको गायनमा ननाच्ने कोही थिएनन् । त्यहीँ अमेरिकामा रहेर उनले पिटर ग्याब्रीयल सँग उनको फिल्ममा पनि आफ्नो स्वर भरेका छन् ।

साथै बलिउड फिल्मका कयौँ फिल्म मा पनि उनले गाएका छन् । “और प्यार हो गया”(कोइ जाने कोइ ना जाने) (जिन्दगी झुमकर मुस्कुराने को है) करतुस फिल्मका लागि “इश्क का रुतवा ” “बहा ना आँशु” गाएका छन् । “कच्चे धागे” फिल्मका लागि “इस इसाने करम का क्या कहना” जस्ता गीत गाएका छन् । जुन फिल्म १९९० मा उनको मृत्यु को दुइवर्ष पश्चात् रिलिज भएको थियो ।

राहत फतह अलि खान नुसरतका भतिज हुन् ।

सांगीतिक जीवन[सम्पादन गर्नुहोस्]

नुसरतको जन्मनाम प्रवेज फतह अलि खान हो । उनलाई एनएफएके, शहंशाह–ए–कव्वाली र खानसाहेव जस्ता नामले आदर गरिन्छ ।

नुसरतलाई उस्तादको उपाधि दिइएको थियो । उनले १० वर्षको उमेरमै साढे एक घण्टा लगातार उच्चस्वरमा गाएर सबैलाई अचम्भीत पारेका थिए । उनका पिताको मृत्युपछि उनले नै काकाहरूलाई साथ लिएर कव्वालीलाई आफ्नै तरिकामा अगाडि बढाए । नुसरतले तबलालाई हार्मोनियमको तालमा ढालेर आधुनिक संगीतलाई प्राचीन कव्वालीमा मिसाएर नयाँ स्वर र संगीत विश्वसामु प्रस्तुत गरे फलस्वरुप केही वर्षमै उनी विश्वभर प्रसिद्ध भए । उनले धेरै राम्रा गीतहरु गाएर गएका छन् ।

उनले अरुले लेखेका गजल र गीतहरु गाउने मात्रै नभई आँफै लेखन र गायन पनि गर्दथे । सुफि नाटहरुका उनी उस्ताद कहलाउँछन् । तुम एक गोरखधंदा हो, दमादम मस्त कलन्दर, या हैय्यो या कैय्युँ, आग दामन मेँ लगजाएगी, मस्त नजरोँसे अल्लाह बचाए, सिंधडी दे सावाज कलन्दर, इस करम का करुँ शुक्र कैसे अदा, सादगी तो हमारी जरा देखिए, कोही बोले राम राम कोही खुदाए, छाप तिलक सब छिनी रे, लाल मेरी, मेरा पिया घर आया, अल्लाह हू । जस्ता कालजयी गीतहरु उनका नाममा रहेका छन् । उनी हिन्दू मुस्लिम लगायत सबै धर्ममा लोकप्रिय छन् ।

नुसरतले १९८५ र १९८८ मा पेरिसमा गाए । १९८७ मा पहिलो पटक जापान गएर गाए । १९८९ मा लण्डनमा प्रदर्शन गरे ।

मृत्यु[सम्पादन गर्नुहोस्]

नुसरतको मृत्यु ४८ वर्षको अल्पायुमै १६ अगस्ट १९९७ मा लण्डनमा भएको थियो ।

उपाधि र सम्मान[सम्पादन गर्नुहोस्]

“प्रेसिडेन्ट अफ पाकिस्तान अवार्ड फर प्राइड अफ प्रफर्मेन्स १९८७” । “युनेस्को म्युजिक प्राइज १९९५” । जापानमा “बुदाइ” र “सिङ्गिङ् बुद्ध” । लेजेन्ड युके म्युजिक अवार्ड २००५ । १३ अक्टोबर २०१५ मा गुगल ले ६७ औँ नुसरत जन्मदिवसका दिन नुसरतको डुडल बनाएर राखेको थियो । यी बाहेक उनका थुप्रै उपाधिहरू रहेका छन् । https://en.wikipedia.org/wiki/File:Nusrat-fateh-ali-khans-67th-birthday-google-doodle.jpg

https://www.youtube.com/watch?v=IvZrk6mqSY8 - Tum Ek Gorakh Dhanda Ho Full

https://www.youtube.com/watch?v=e3g8hlyfg5E Mera Piya Ghar Aaya

https://www.youtube.com/watch?v=eeB8pJUxjkY allah Hoo

https://www.youtube.com/watch?v=v38w5djsbXM Damadam mast qalandar