सामग्रीमा जानुहोस्

नेपालको राष्ट्रपतीय निर्वाचन, २०७२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको राष्ट्रपतीय निर्वाचन, २०७२

 २०६५ २०७२ कात्तिक ११ २०७४ 
 
उम्मेदवार विद्यादेवी भण्डारी कुलबहादुर गुरुङ
दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नेपाली काङ्ग्रेस
प्रतिशत ५९.५६% ३८.९८%

अघिल्लो निर्वाचनमा निर्वाचित राष्ट्रपति

रामवरण यादव
नेपाली काङ्ग्रेस

निर्वाचित राष्ट्रपति

विद्यादेवी भण्डारी
नेकपा (एमाले)

२०७२ कात्तिक ११ गतेका दिन नेपालमा अप्रत्यक्ष राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन पश्चाच् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) की प्रतिनिधि विद्यादेवी भण्डारी ५९.५६% को साथ राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् भने उनी नेपालको पहिलो महिला राष्ट्रपति समेत हुन्।[]

राष्ट्रपतीय निर्वाचन[] राष्ट्रपति पदमा निर्वाचित हुनका लागि, उम्मेदवारले कुल मतको २९९ ल्याउनु पर्ने हुन्छ। यस पदका लागि मतदानमा ५९६ मध्ये ५४९ मत योग्य कानुन निर्माताले गर्छन्।

उम्मेदवारदलप्राप्त मत
विद्यादेवी भण्डारी[]नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)३२७
कुलबहादुर गुरुङ[]नेपाली काङ्ग्रेस२१४
अवैध मत

उपराष्ट्रपति पदका लागि निर्वाचन[] राष्ट्रपति पदको लागि निर्वाचन सम्पन्न भएको तीन दिन पश्चात्, उपराष्ट्रपति पदको लागि निर्वाचन सम्पन्न भएको थियो। नेपाल परिवार दलका दयाराम कँडेल र निर्दलीय उम्मेदवार अतहर कमाल मुसलमानले उम्मेदवारी फिर्ता लिएपछि नेपाली काङ्ग्रेसका अमियकुमार यादव र नन्दकिशोर पुन पासाङ बीच प्रतिस्पर्धा भएको थियो।[][] निर्वाचन पश्चात्, उपराष्ट्रपति पदमा नन्दकिशोर पुन निर्वाचित भएका थिए।[][]

उम्मेदवारदलमत
नन्दकिशोर पुननेकपा माओवादी३२५
अमियकुमार यादवनेपाली काङ्ग्रेस२१२
अवैध मत१०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "भण्डारी देशको पहिलो महिला राष्ट्रपति"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१
  2. बलराम पाण्डे। "राष्ट्रप्रमुख महिला" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१
  3. "भण्डारीको उम्मेदवारी दर्ता, प्रस्तावकमा दाहाल"नेपाली हेड्लाइन्स (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१
  4. "राष्ट्रपतिमा गुरुङ, उपराष्ट्रपतिमा यादव उम्मेदवार बनाउने कांग्रेसको निर्णय"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१
  5. "नन्द बहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१
  6. "अतहर कमाल र कँडेलको उम्मेदवारी फिर्ता, पासाङ र यादव चुनावी मैदानमा" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१
  7. "​उपराष्ट्रपतिमा पासाङ र यादवबीच प्रतिस्पर्धा दुईजनाले फिर्ता लिए उम्मेदवारी भोलि चुनाव", बिजमाडौँ (नेपालीमा), अन्तिम पहुँच १४ फेब्रुअरी २०२१
  8. "पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित"जनबोली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१
  9. "उपराष्ट्रपतिमा नन्दकिशोर पुन 'पासाङ' निर्वाचित"थाह सञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१

ढाँचा:नेपालका राष्ट्रपतीय निर्वाचनहरू