नेपाल राष्ट्रिय फुटसल टिमको इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा राष्ट्रिय फुटसल टिमको इतिहास त्यति लामो रहेको छैन। सन् २०१६ देखि उदाएको नेपाल राष्ट्रिय फुटसल टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागीता २०१६ साफ फुटसल च्याम्पियनसिप मानै उत्कृष्ट खेल खेल्दै दोस्रो स्थान पक्का गरेको थियो ।

पहिलो अन्तर्राष्ट्रिय उपस्थिति[सम्पादन गर्नुहोस्]

श्रीलङ्कामा आयोजना भएको २०१६ दक्षिण एसियाली फुटसल च्याम्पियनसीपमा नेपाल उपविजेता बनेको थियो।राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा श्रीलङ्कासँग २–१ गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको हो। खेलको सातौँ मिनटमा नै सुभाष घलानको गोलमा अग्रता लिएको नेपालले श्रीलङ्कालाई पहिलो हाफमा गोल गर्ने कुनै अवसर नै प्रदान गरेन। जितको नजिकै आइसकेको नेपालले आफूलाई सम्हाल्न नसक्दा जितबाट विमुख हुन पुग्यो। श्रीलङ्काका नादानले खेलको अन्तिम समयमा दुई गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।

“थोरै समय सम्हालिन नसक्दा जितबाट बञ्चित भयौं”–कप्तान साजन महर्जनले भने। उनले छोटो समयको तयारीमा पनि फाइनलसम्मको यात्रा तय गर्न सकेकामा खुसी व्यक्त गर्दै टोलीका सम्पूर्ण खेलाडीहरूको मेहनतले यो उपलब्धि हासिल गर्न सफल भएको बताएका थिए।

नेपाल फुटसल सङ्घको स्थापनापश्चात छोटो अवधिको तयारीमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकामा दोस्रो स्थानमा चित्त बुझाउनु परेतापनि यो नेपालको लागि ठूलो उपलब्धि भएको सङ्घका अध्यक्ष देवकुमार अधिकारीले बताएका थिए।

नेपालले उक्त प्रतियोगितामा भारत( ५–०), मालदिभ्सल(३–२) र पाकिस्तानलाई (९–०) पराजीत गर्दै फाइनलको यात्रा तय गरेको थियो। प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो।

२९१८ एएफसी च्याम्पियनसिप छनोट चरण[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]