न्यायिक संयम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

न्यायिक संयम न्यायिक व्याख्याको एउटा सिद्धान्त हो जसले न्यायाधीशलाई आफ्नो शक्तिको प्रयोगलाई सीमित गर्न प्रोत्साहित गर्दछ। न्यायाधीशले स्पष्ट रूपमा असंवैधानिक नभईकन कानूनलाई समाप्त गर्न संकोच मान्नु पर्छ भनि यसले जोड दिन्छ। [१] कहिले कहि यसलाई न्यायिक सक्रियताबादको विपरीतको रूपमा मानिन्छ।

संवैधानिक कानूनको प्रश्नमा निर्णय गर्दा, न्यायिक-संयम भएका न्यायविदहरू कानूनलाई स्थगित गर्ने कुरामा हदसम्म जान्छन्। न्यायिक संयमको सिद्दान्तले जतिसक्दो सम्भव भएसम्म न्यायाधीशले कानूनलाई समर्थन गर्न आबश्यकता ठान्दछ। पूर्व एसोसिएट न्यायधिश फेलिक्स सासीज, डेमोक्रेटजसलाई फ्रेंकलिन रूजवेल्टले नियुक्त गरेका थिए। सामान्यता उनलाई "न्यायिक संयमको नमुना"को रूपमा हेरिन्छ।[२]

न्यायिक संयम भएका न्यायाधीशहरू फैसला एकरूपताको सिद्दान्तलाई सम्मान गर्दछन, फैसला एकरूपताको सिद्दान्त त्यो सिद्दान्त हो जसले भुतपुर्ब न्यायाधीशहरू द्वारा हस्तान्तरण गरेको स्थापित नजीरलाई समर्थन गर्दछ। [३] जब स्वर्गिय प्रमुख न्यायाधिश रेह्न्कुइस्ट वॉरेन अदालतको केही नजीरलाई उल्टाए, टाइम पत्रिकाले भन्यो कि उ न्यायिक संयम सिद्धांतलाई पालना गरिरहेका छैनन।[३]

सम्बधित सिद्धात[सम्पादन गर्ने]

अतिसूक्ष्मवाद[सम्पादन गर्ने]

न्यायाधीशहरूले फैसला एकरूपताको सिद्दान्त र नजीरलाई अनुसरण गर्ने कुरालाई ठूलो महत्व दिनु पर्छ भनि न्यायिक अतिसूक्ष्मवादीहरू तर्क गर्दछन। न्यायिक अतिसूक्ष्मवादी तर्क छ कि स्थिरता कायम गर्नको लागि न्यायाधीशहरूले संवैधानिक कानूनलाई मामूली, वृद्धिशील परिवर्तन मात्र गर्नुपर्छ। उनीहरू व्यापक फैसलाको सट्टा छोटो, मुद्दा-विशेषको आदेश गरेर यो काम पुरा गर्न न्यायाधीशहरूलाई प्रश्न गर्दछन।

राजनैतिक प्रश्नको सिद्धात[सम्पादन गर्ने]

राजनैतिक प्रश्नको सिद्धातले विवादास्पद मुद्दाको केही श्रेणिमा आदेश गर्न घट्दो क्रमलाई प्रोत्साहित गर्दछ। यस सिद्धातको अन्तर्गत, संविधानको उल्लंघन गरिएको कुरा अदालत स्विकार गर्दछ, तर कार्य गर्न अस्विकार गर्दछ। यो प्रायजसो न्यायिक संयमको एक प्रकारको रूपमा बर्णित गरिन्छ, जबकी यो फिरादीको बिरुद्दको एक किसिमको न्यायिक सक्रियताबाद भनि सोच्न सकिन्छ, जसको अधिकार उल्लंघन भएको छ र उसको मुद्दा पत्ता लाग्छ।