न्युटन (अनुप्रयोग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युटन
निर्माणकर्ता (हरू)क्लाउडम्याजिक, निगम
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड, विन्डोज, क्रोम ओएस, म्याक ओएस
उपलब्ध भाषाहरूअरबी, डच, अङ्ग्रेजी, फ्रान्सेली, यहूदी, इण्डोनेसियाली, इटालीयाली, जापानी, कोरियाली, पोल्याण्डि, पोर्चुगाली, रोमानियाली, रूसी, सरलीकृत चिनियाँ, स्पेनी, स्विडेनी, थाई, परम्परागत चिनियाँ
प्रकारइ-डाँक पाठक
अनुमति पत्रस्वामित्व
(सेवाको रूपमा सफ्टवेयर)
वेबसाइटnewtonhq.com

न्युटन आइओएस, एन्ड्रोइड, म्याकओएस , विन्डोज र क्रोम ओएसको लागि क्लाउडम्यमजिक निगमद्वारा विकसित एक इ डाँक प्रबन्धन अनुप्रयोग हो। अनुप्रयोग यसको खोज क्षमता, बहु-मञ्च क्षमता र प्रयोगकर्ता अन्तरमुख लागि परिचित छ। [१][२] यसलाई जीमेलको मूल अनुप्रयोग भन्दा उत्तम ई-डाँक सेवाको रूपमा उल्लेख गरिएको छ।[३][४] १५ सेप्टेम्बर २०१६ देखि क्लाउडम्याजिकले नयाँ सुविधा र कार्य आयोजनाको थप गर्दै भुक्तान सेवाहरूको रूपमा न्युटन मेलमा पुन: नामकरण गरिएको थियो।[५]

७ अगष्ट २०१८ मा, न्युटनले २५ सेप्टेम्बर २०१८ मा सेवालाई पूर्ण रूपमा बन्द गर्ने घोषण गरेको थियो।[६] ५ फेब्रुअरी २०१९ मा, एसेन्सियल प्रोडक्ट्स नामक कम्पनीले अधिग्रहण गरे पश्चात् यो पुनः सञ्चालनमा आएको थियो।

विशेषता[सम्पादन गर्नुहोस्]

न्युटनले जिमेल, हटमेल , याहु! मेल, आउटलुक डटकम, आइक्लाउड, गुगल अनुप्रयोग, माईक्रोसफ्ट विनियम, अफिस ३६५, मेल डटकम, जिएमएक्स, एओएल र इण्टरनेट सन्देश पहुँच स्तर, खाताहरूका लागि समर्थन प्रदान गर्दछ। अनुप्रयोग हाल आइओएसका लागि, आइओएस ८ र माथिको चलिरहेका सबै आइओएस उपकरणहरू र एन्ड्रोइड उपकरणका लागि ४.० देखि माथिको चलिरहेको एन्ड्रोइड उपकरणहरूमा उपलब्ध छ। गुगलले क्रोमबुकमा एन्ड्रोइड अनुप्रयोगहरू ल्याउने निर्णय गरे लगत्तै, न्युटन क्रोम ओएसको पहिलो अनुप्रयोगहरू मध्येको एक बनेको थियो।[७][८]

मार्च २०१४ मा, न्युटनले कार्डहरूको घोषणा गरेको थियो, जसले लोकप्रिय सेवाहरू जस्तै एभरनोट, पकेट, ट्रेलो, आसना, माइक्रोसफ्ट वननोट, सेल्सफोर्स डटकम, [[जेण्डेक र तिनीहरूका प्रत्यक अनुप्रयोगहरूसँग जडान एकीकरण गर्दछ। कार्डहरूले प्रयोगकर्ताहरूलाई उनीहरूको ई-डाँक छोडे बिनानै आफ्नो कार्यप्रवाह पूरा गर्न सजिलो बनाउँदछ।[९][१०][११][१२] जुन २०१४ मा आयोजना भएको गुगल आइ/ओमा न्युटन वेर ओएस समर्थन गर्ने पहिलो अनुप्रयोगहरू मध्ये एक भएको घोषण गरिएको थियो। [१३][१४]

जनवरी २०१५ मा, न्युटनले, मासिक $९९ र वार्षिक $९९.९९ गरी "प्रो" सदस्यता सेवाको सुरू गरेको थियो जसले अन्य सुविधाहरू मध्ये पाँच भन्दा बढी डाँक खाता थप्न, प्राथमिकता र स्वरूप समक्रमण लगायतलाई अनुमति दिएको थियो। प्रो सदस्यता सोही वर्षको अप्रिलमा बन्द गरिएको थियो। अप्रिल २०१६ मा, न्यूटनले प्रेषक प्रोफाइलको परिचय गर्द आंशिक रूपमा भुक्तान सेवाहरूको सञ्चालन गरेको थियो। [१३][१५]

१४ सेप्टेम्बर २०१६ मा क्लाउडम्याजिकलाई न्यूटनमा पुन: नामाकरण गरिएको थियो[५] र सदस्यता शुल्क मुल्य सन् २०१५ को प्रो सदस्यताको समान दरमा समायोजित भएसँगै यसलाई जुलाई २०१८ सम्मको परिचयात्मक दरमा सुरु गरिएको थियो।[१६] उक्त परिवर्तनले प्रयोगकर्ताहरूबाट आएको नकारात्मक प्रतिक्रियाहरूसँग सामना गरेको थियो।[१७][१८]

डिसेम्बर २०१८ मा, एसेन्सिएल प्रोडक्ट्सले क्लाउडम्याजिकलाई अधिग्रहण गरेको थियो।[१९]

समीक्षा[सम्पादन गर्नुहोस्]

न्युटनले सकारात्मक समीक्षाहरू प्राप्त गरेको छ।[२०][२१][२२]

डेस्कटपमा लगातार डाँक सेवामा ध्यान केन्द्रित गर्दै, यसको विचलन-मुक्त बनावटका साथ[२३], न्युटनलाई केहीले म्याकको लागि उत्तम डाँक प्रदायकको रूपमा लिएका थिए।[२४][२५] अप्रिल २०१४ मा, न्युटनले "सर्वश्रेष्ठ दृश्य बनावट - सुविधा" का लागि वेबी पुरस्कार प्राप्त गरेको थियो।[२६] सेप्टेम्बर २०१४ मा, न्युटनले इभरनोट मञ्च पुरस्कारमा "सर्वश्रेष्ठ बनावट"को रूपमा पुरस्कार जितेको थियो।[२७] प्रयोगकर्ताको संलग्नतालाई सुधार गर्नक लागि सादा पाठ ई-डाँक प्रयोग गरेकोमा यो वास्तवमै राम्रो डाँक भएको भनी प्रशंसा गरिएको थियो।[२८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CloudMagic brings cloud-powered email search to the iPhone", ९ टु ५ म्याक, २०१३-१०-३०, अन्तिम पहुँच २०१३-१०-३० 
  2. "CloudMagic: An Efficient New Approach to Email", एण्ड्रोड डट एप ष्ट्रोर्म, २०१३-१२-१८, अन्तिम पहुँच २०१३-१२-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२० मिति
  3. "गुगलका आफ्नै अनुप्रयोगहरूको उत्कृष्ट विकल्प", इनग्याजेट, २०१४-०२-१३, अन्तिम पहुँच २०१४-०२-१३ 
  4. "App Review: CloudMagic, one of the best E-mail apps out there", फानड्रोइड, २०१३-११-२४, अन्तिम पहुँच २०१३-११-२४ 
  5. ५.० ५.१ बौनडोनो, म्याक्स (१४ सेप्टेम्बर २०१६), "CloudMagic Receives Name Change to Newton, Adds $49.99/Year Subscription & New Features", एमबेडेड, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१६ 
  6. लेफ्रेभ्रे, रब (७ अगस्ट २०१८), "Newton's subscription email service will shut down next month", इनग्याजेट (ओथ निगम), अन्तिम पहुँच १२ अगष्ट २०१८ 
  7. जो-एलिज स्नेडन (२०१४-१०-०९), "3 More Android Apps Now Available for Chrome OS, Including Podcast Addict - OMG! Chrome!", अन्तिम पहुँच २०१४-१०-०९ 
  8. डेनियल टाइसख (२०१४-०६-२६), "Chromebooks to get major new features with Android integration including Android Apps - Ausdroid", अन्तिम पहुँच २०१४-०६-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१८ मिति
  9. Sarah Perez (२०१४-०३-११), "CloudMagic’s Email Application Now Lets You Complete Your Work Right From Your Inbox", टेक क्रञ्च, अन्तिम पहुँच २०१४-०३-११ 
  10. म्याट ब्रायन (२०१४-०३-११), "Save to Pocket and Evernote from your inbox with CloudMagic's Cards", इनज्याजेट, अन्तिम पहुँच २०१४-०३-११ 
  11. क्रिस वेल्च (२०१४-०३-११), "CloudMagic's new cards link your inbox to Evernote and other apps", द भर्ज, अन्तिम पहुँच २०१४-०३-११ 
  12. ह्यारिसन वेबर (२०१४-०३-११), "Does email need an app store? CloudMagic bets on third-party developers", भेञ्चर बिट, अन्तिम पहुँच २०१४-०३-११ 
  13. १३.० १३.१ मार्क हर्न (२०१४-०७-०३), "Android Wear app lists grows to 33, Lyft, CloudMagic and IFTTT among the standout", अन्तिम पहुँच २०१४-०७-०३ 
  14. ब्रेट नकलेस (२०१४-०७-०८), "Top 8 Android Wear Apps for Business", अन्तिम पहुँच २०१४-१०-०९ 
  15. ब्रेट नकलेस (२०१४-०७-०८), "व्यापारका लागि उत्कृष्ट ८ एन्ड्रोइड वेर अनुप्रयोगहरू", अन्तिम पहुँच २०१४-१०-०९ 
  16. कार्तिक सुरोजु (४ जुन २०१८), "Introducing Monthly Subscription", पेपर प्लेन्स (आधिकारिक न्युटनको ब्लग), अन्तिम पहुँच १९ जुलाई २०१८ 
  17. रायन विटम्यान (१४ सेप्टेम्बर २०१६), "CloudMagic rebrands as Newton Mail, adds $49.99 yearly subscription fee", एन्ड्रोइड पुलिस, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१६ 
  18. कार्तिक सुरोजु (१५ मार्च २०१७), "We went from 4.5 stars to 4 stars, but we’re still soaring!", Paper Planes (Official Newton Blog), अन्तिम पहुँच १७ अप्रिल २०१७ 
  19. लियाओ, सानोन (२०१८-१२-०७), "Instead of making a new phone, Essential has bought a defunct email app", द भर्ज, अन्तिम पहुँच २०१८-१२-०८ 
  20. Allison Stadd (२०१४-०६-१८), "6 Tools That Will Make Your Inbox Way More Awesome", टाइम, अन्तिम पहुँच २०१४-०६-१८ 
  21. जोवाना ष्टर्न (२०१४-०४-२९), "The Best Android and iPhone Mobile Email Apps - WSJ", द वाल ष्ट्रिट जर्नल, अन्तिम पहुँच २०१४-०४-२९ 
  22. किङ जुनिएर, बर्टेल, "CloudMagic Email Client Can Search Through Your Messages In A Hurry, Handle A Unified Inbox, And Look Good Doing It", एन्ड्रोइड पुलिस, अन्तिम पहुँच २०१४-०४-०७ 
  23. "CloudMagic, the best mail client on mobile, comes to Mac", कल्ट अफ म्याक, २०१६-०१-०६, अन्तिम पहुँच २०१६-०१-०६ 
  24. "CloudMagic is the Mac email app I've been waiting for", द भर्ज, २०१६-०१-२०, अन्तिम पहुँच २०१६-०१-२० 
  25. "CloudMagic Brings Its Simple, Distraction-Free Email Client To Mac", ट्क क्रञ्च, २०१६-०१-०६, अन्तिम पहुँच २०१६-०१-०६ 
  26. "वेबी पुरस्कारको चित्र दिर्धा + अभिलेख" 
  27. क्रिस ट्रागानोस (२०१४-०९-०४), "सन् २०१४ का एभरनोट म्ञच पुरस्कारका विजेताहरू", एभरनोट, अन्तिम पहुँच २०१४-०९-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०७ मिति
  28. गुएन प्राट (५ जनवरी २०१७), "Lessons Learned: Why Newton Swears by Plain-Text Emails", रियल्ली गुड इमेल्स, अन्तिम पहुँच १७ अप्रिल २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट