न्यु डेभलपमेन्ट बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

न्यु डेभलपमेन्ट बैंक (एनडीबी; शाब्दिक अर्थः नयाँ विकास बैंक वा पुरानो नामः ब्रिक्स विकास बैंक) ब्रिक्स देशहरू (ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका) द्वारा स्थापित बहुपक्षीय विकास बैंक हो। एनडीबी सम्बन्धी सम्झौता अनुसार, "बैंकले ऋण, ग्यारेन्टी, इक्विटी सहभागिता र अन्य वित्तीय साधनहरू मार्फत सार्वजनिक वा निजी परियोजनाहरूलाई सहयोग गर्नेछ। यसबाहेक, एनडीबीले अन्तर्राष्ट्रिय संगठनहरू र अन्य वित्तीय संस्थाहरूसँग सहकार्य गर्नेछ, र बैंकले सहयोग गर्ने परियोजनाहरूको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ।

बैंकको प्रारम्भिक अधिकृत पूँजी १०० अर्ब डलर रहेको छ जसलाई १० लाख शेयरमा विभाजित गरिएको छ जसमा प्रत्येक सेयर १००,००० डलर बराबरको मूल्य छ। एनडीबीको प्रारम्भिक सदस्यता पूँजी ५० अर्ब डलर थियो, जुन भुक्तानी गरिएको शेयर (१० अर्ब डलर) र कल गर्न सकिने शेयर (४० अर्ब डलर) मा विभाजित रहेको थियो। बैंकको प्रारम्भिक सदस्यता पूँजी संस्थापक सदस्यहरू (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) बीच समान रूपमा वितरण गरिएको थियो। एनडीबी सम्बन्धी सम्झौतामा प्रत्येक सदस्यलाई एक मत हुने र कुनै पनि सदस्यलाई कुनै पनि भिटो अधिकार नहुने उल्लेख छ।

बैंकको मुख्यालय चीनको शंघाईमा छ। एनडीबीको पहिलो क्षेत्रीय कार्यालय जोहान्सबर्ग, दक्षिण अफ्रिकामा छ। दोस्रो क्षेत्रीय कार्यालय सन् २०१९ मा ब्राजिलको साओ पाउलोमा स्थापना भएको थियो, त्यसपछि भारतको गिफ्ट सिटी र रुसको मस्कोमा स्थापना भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]