पञ्चचामर छन्द
यस छन्दमा कुल १६ अक्षर हुन्छन् । यसको उत्पत्ति रावण द्वारा भएको हो । प्रसिद्ध धार्मिक स्तुति शिव ताण्डव रावणद्वारा यही छन्दमा रचिएको थियो ।
वर्णन
[सम्पादन गर्नुहोस्]यस छन्दमा ८- र १६ अक्षरमा विश्राम लिइन्छ । यसको गण यसप्रकार रहेको छ ।
ज ISI
र SIS
ज ISI
र SIS
ज ISI
S (गुरु)
उदाहरण:
[सम्पादन गर्नुहोस्]रमाइलो छ यो धरा छ माथ नीर सुन्दरा
मलीन स्वरले सँधै फलाक्छु वीर वन्धना
गरेर चीर कामना म चढ्छु भीर कन्दरा
कथा म रच्छु देशको अमीट छाप झैँ सदा
-कवि जमीन राई
उदाहरण ३
बनी मनुष्य यो जुनी यही छ काम भन्दछु,
अरू जता र जे गरून्, म राम राम भन्दछु !
यदकदा म सुन्छु लौ हुँदैछ कीर्तनै अरे,
जपेर राघवेन्द्रको सुनाम कीर्ति शानले !
भए कतै सुभक्त ती सलाम आम भन्दछु,
अरू जता र जे गरून्, म राम राम भन्दछु !
सदैव फुङ्ग मन् गरी अनेक गीत गाउँछौ,
त्यसै कता र के भनी तिमी धमास लाउँछौ !
म ता अलग्ग पन्थको छु है तमाम भन्दछु,
अरू जता र जे गरून्, म राम राम भन्दछु !
बुझे छ सिर्जना तथा अथाह बात अन्तुमा,
यसै छ दिव्य-शक्ति लौ समस्त जीव तन्तुमा !
सपाट जिन्दगी, सखे, म देव-धाम भन्दछु,
अरू जता र जे गरून्, म राम राम भन्दछु !
-नारायण नेपाल