सामग्रीमा जानुहोस्

पदयोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एक पदमा अर्का पद जोडिने प्रक्रियालाई पदयोग र एक पदमा अर्का पद नजोडिने प्रक्रियालाई पदवियोग भनिन्छ। पदयोगमा शब्दहरू जोडेर लेखिन्छ भने पदवियोगमा शब्दहरू छुट्याएर लेखिन्छ। सामान्यतः पदयोगमा एउटै डिकोमा र पदवियोगमा भिन्न डिकोमा लेख्ने गरिन्छ तर डिको नै पदयोग र पदवियोगको विभाजक होइन। नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयजस्ता शब्दहरू समस्त शब्द हुन् तर यी शब्दहरू छुट्टाछुट्टै लेखिन्छन्।

नेपाली भाषाका प्रयोक्तालाई वर्ण विन्यासको प्रयोगमा समस्या छ। त्यसमा पनि पदयोग र पदवियोगमा अझ बढी समस्या देखिन्छ।

निम्न शब्दहरूमा पदयोग हुन्छः

१. सर्गमा (उपसर्ग र परसर्ग): उपयोग, अभियोग, नियोग, गैरजिम्मेवार, नेपाली, गोर्खाली, दुधालु, रसिलो...

२. विभक्तिमा :उसलाई, उनको, उसले, घरमा, चम्चाले..

३.बहुवचनमा :साथीहरू, फूलहरू, दिदीहरू...

४. छोटा नामयोगीमा :घरमाथि, त्यसपछि, उमेशसँग, उतातिर, भाइभन्दा, बाटामुनि।

५. समस्त शब्दमा : लोकतन्त्र, ऋणमुक्त, दोबाटो, चरीनङ्ग्रे, मृगनयनी, अघिपछि, छोराछोरी, राज्यमन्त्री।

६. द्वित्व शब्दमा : भातसात, सरसल्लाह, झैझगडा, कर्‍यामकुरुम।

७. केही अव्यय शब्दमा : किनभने, त्यसकारण, हुनत।

८. शब्दको पछाडि प्रत्यवत् भई आएका शब्दहरूमाः साहित्यकार, वस्तुपरक, शिक्षाविद्, कल्याणकारी, कष्टकार, वस्तुपरक, शिक्षाविद्, कल्याणकारी, कष्टप्रद, लाभदायक, गतिशील, तागाधारी।

९. सन्धि हुँदा पूर्वापर शब्दमा विकार भई आएका शब्दमा : चन्द्रोदय, मतैकता सान्नानी, वृद्धाश्रम।

१०. अकरण जनाउने 'न' चिन्हमा : नजाऊ, नखेल, नजानी, नराम्रो।

  • सन्दर्भग्रन्थ सूची
    • -अनिवार्य नेपाली शिक्षण निर्देशिका, त्रि.वि., पाठ्यक्रम विकास केन्द्र, अनिवार्य विषय स्थायी समिति, साझा प्रकाशन, २०६६।
    • -अधिकारी, हेमाङ्गराज (२०६३), प्रयोगात्मक सरल नेपाली व्याकरण (दो.सं.), काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार।
    • -बन्धु चूडामणि (सातौँ सं. २०५३), भाषाविज्ञान, काठमाडौँ : साझा प्रकाशन।
    • -शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६०), आधुनिक भाषाविज्ञान, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार।
    • -सुवेदी, लालानाथ र हरिप्रसाद शर्मा (२०५१), नेपाली वर्ण विन्यास, काठमाडौँ : साझा प्रकाशन।
  • [१] भाषा/साहित्य समीक्षा, बुद्ध खनिया, मधुपर्क २०६६ मंसिर