परमादेश
Jump to navigation
Jump to search
परमादेश भन्नाले सार्वजनिक कार्य सम्पादन गर्ने तल्लो प्रशासनिक निकाय वा अदालत वा पदाधिकारीका नाममा माथिल्लो अदालतले कुनै काम गर्नु भनेर दिइएको आदेश भन्ने बुझिन्छ । परमादेशलाई ल्याटिन भाषामा Mandamus भनिन्छ, यसको शाब्दिक अर्थ "हामी आदेश दिन्छौं" भन्ने हुन्छ । परमादेशको कार्यक्षेत्र जतिसुकै फराकिलो भएपनि यसको उद्देश्य कुनै खास काम गर्नका लागि आदेश दिने भएकोले त्यही आदेशको परिधीसम्म मात्र सिमित हुन्छ । वास्तवमा क्षेत्राधिकार नभर्इ वा भएको अधिकारभन्दा बढी अिधकार प्रयोग गरी काम गरेको अवस्थामा परमादेश जारी हुन्छ । परमादेशले भइसकेको निर्णय खारेज गर्दैन साथै यो तल्लो अदालत वा निकायका विरूद्धको पुनरनवेदन पनि होइन ।