परशुनारायण चौधरी
![]() | यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (जुन २०१३) |
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
परशुनारायण चौधरी नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१६ विश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री भैसकेका यिनी दलीय राजनीति छाडेर विसं २०३७मा सहयोगीहरूका साथ पञ्चायत प्रवेश गरी शिक्षामन्त्री पनि बनेका थिए।[१] परशुनारायण चौधरी पञ्चायतमा प्रवेश गरेकोमा बीपीले सारै नरमाइलो मान्नु भयो । २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले चौधरीलाई राष्ट्रिय पञ्चायतमा मनोनीत गरेपछि पुनः विभिन्न मन्त्रलयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।
वि.सं. २०४३ सालको मरिचमानसिंह श्रेष्ठको प्रधानमन्त्रीकालमा पुनः आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालें । एक वर्ष वित्न नपाउँदै सो मन्त्रीमण्डल विघटनभयो । २०४६ सालको जनआन्दोलनपछि काङ्ग्रेसका केही नेताहरूको अनुरोधमा पुनः कांग्रेसमा प्रवेश भए । [२]
२०५९ साल फागुन ७ गते राजपरिषद् स्थायी समितिको सभापति बन्न पुगे। दाङ गोबडिया स्थायी घर भएका चौधरी पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय थिए। [३] पिता लीलाराम र माता कृष्णमायाको कोखबाट दाङमा जन्मेका चौधरीको ८६ वर्षको उमेरमा २०६९ मंसीर २१ गते ललितपुरमा निधन भयो। उनी दम र मुटुलगायत रोगबाट ग्रसित थिए।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- Articles with dead external links September 2023
- कम वा कुनै विकिसूत्रहरू नभएका लेखहरू from जुन २०१३
- Articles with invalid date parameter in template
- कम वा कुनै विकिसूत्रहरू नभएका सबै लेखहरू
- विकिकरण गर्नुपर्ने लेखहरू from जुन २०१३
- विकिकरण गर्नुपर्ने सबै लेखहरू
- पूर्वमन्त्री
- जीवनी
- राजसभा स्थायी समितिका सभापतिहरू