पल्मोनरी फाइब्रोसिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल्मोनरी फाइब्रोसिस भएको छातीको एक्-रे

फोक्सोमा हुने एक प्रकारको समस्या पल्मोनरी फाइब्रोसिस हो ।[१] पल्मोनरी फाइब्रोसिसले गर्दा फोक्सोको कोसिकामा दाग पैदा गर्छ । फोक्सोको दागले गर्दा अक्सिजनको मात्रा कम गर्दछ । जसले गर्दा विभिन्न क्रियाकलापमा सहभागी हुदा जस्तै: व्यायाम गर्दा, हिँड्दा, दौडदा सास फेर्न कठिनाइ हुन्छ । यो रोगपनि विभिन्न दीर्घरोगहरू मधुमेह, क्यान्सर, रक्तचाप जस्तै यो रोग पनि सम्पूर्ण उपचार गर्न सकिँदैन ।

कारणहरू[सम्पादन गर्नुहोस्]

पल्मोनरी फाइब्रोसिस विविन्न कारणहरू मध्ये वातावरणीय प्रदूषण, अत्यधिक धुम्रपान, केहि औषधिहरू (कडा निमोनिया, एन्टी इन्फ्लेमेन्टरी मेडिकेसन), मध्यवर्ती फोक्सो रोगहरु, अटोइम्युन रोग, रेडिएसन अन्य सार्स, कोभिड-१९ संक्रमणको कारण पनि पल्मोनरी फाइब्रोसिस देखा पर्दछ ।[२]

लक्षणहरू[सम्पादन गर्नुहोस्]

  • सुक्खा खोकी,
  • थकान र कमजोरी,
  • प्रायजसोमा श्वासप्रश्वासमा समस्या,
  • औँलाको छालामा समस्या,
  • छाती दुखाई सहित छाती अस्वस्थता,
  • भोक कमहुनु र
  • छिटो वजन घटाउनु

निदान[सम्पादन गर्नुहोस्]

पल्मोनरी फाइब्रोसिस फोक्सो बायोप्सी द्वारा पुष्टि हुन सक्छ । बायोप्सी यस्तो प्रक्रिया हो जसमा फोक्सोको तन्तुको नमूनाहरूबाट फोक्सोको रोग वा क्यान्सर छ कि छैन भनेर निर्धारण गर्न गरिन्छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पल्मोनरी फाइब्रोसिस क्या है?", helloswasthya, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२० 
  2. "कोभिड निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिसको जोखिम", nayapatrikadaily, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२० 
  3. "What is a lung biopsy?", hopkinsmedicine, अन्तिम पहुँच ५ अक्टोबर २०२०