पश्चिम चम्पारण जिल्ला
पश्चिम चम्पारण जिल्ला | |
|---|---|
वाल्मिकीनगर नजिक रहेको गण्डकी नदी | |
पश्चिम चम्पारण जिल्लाको बिहारमा अवस्थिति | |
| निर्देशाङ्क (बेतिया): २६°४८′उ ८४°३०′पू / 26.800°N 84.500°E | |
| देश | |
| राज्य | |
| प्रमण्डल | तिरहुत |
| सदरमुकाम | बेतिया |
| तहसिल | १८ |
| सरकार | |
| • लोक सभा निर्वाचन क्षेत्रहरू | पश्चिम चम्पारण, वाल्मिकीनगर |
| • विधान सभा निर्वाचन क्षेत्रहरू | वाल्मिकीनगर, रामनगर, नरकटियागन्ज, बगाह, लउरिया, नौतन, चनपटिया, बेतिया, सिक्टा |
| क्षेत्रफल | |
| • जम्मा | ५,२२८ किमी२ (२०१९ वर्ग माइल) |
| • क्रम | बिहारमा प्रथम |
| जनसङ्ख्या (सन् २०११) | |
| • जम्मा | ३,९३५,०४२ |
| • घनत्व | ७५०/किमी२ (१९००/वर्ग माइल) |
| जनसाङ्ख्यिकी | |
| • साक्षरता | ५८.०६ प्रतिशत |
| • लिङ्ग अनुपात | ९०६ |
| समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
| पिन कोड | |
| मुख्य राजमार्ग | राष्ट्रिय राजमार्ग ७२७ |
| वेबसाइट | http://westchamparan.bih.nic.in/ |
पश्चिम चम्पारण जिल्ला भारतको बिहार राज्यमा रहेको एउटा प्रशासनिक जिल्ला हो, जुन नेपालको वीरगन्ज भन्दा ६० किमि (३७ माइल) पश्चिममा अवस्थित छ। यो बिहारको सबैभन्दा ठुलो जिल्ला हो, जसको क्षेत्रफल ५,२२८ वर्ग किलोमिटर (२,०१९ वर्ग माइल) रहेको छ। यो तिरहुत प्रमण्डलको भाग हो।[१] जिल्लाको सदरमुकाम बेतिया हो। यो जिल्ला नेपालसँगको खुला सिमानाका लागि चिनिन्छ। यहाँबाट महात्मा गान्धीले सत्याग्रह आन्दोलन सुरु गरेका थिए।
यस जिल्लाले सन् २०२२ मा बिहार राज्यभरि सबैभन्दा धेरै उखु उत्पादन गरेको थियो।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]महात्मा गान्धीले सन् १९१७ मा यहाँबाट राजेन्द्र प्रसाद, अनुग्रह नारायण सिन्हा र ब्रजकिशोर प्रसादको साथमा चम्पारण सत्याग्रह आन्दोलन सुरु गरेका थिए।[३]
भूगोल
[सम्पादन गर्नुहोस्]यो जिल्लाले ५,२२८ वर्ग किलोमिटर (२,०१९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ।[४]
वनस्पति र जीवजन्तु
[सम्पादन गर्नुहोस्]सन् १९८९ मा पश्चिम चम्पारण जिल्लामा वाल्मीकि राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो, जसको क्षेत्रफल ३३६ वर्ग किलोमिटर (१२९.७ वर्ग माइल) रहेको छ। वाल्मीकि र उदयपुर वन्यजन्तु अभयारण्य सहित यहाँ दुईवटा वन्यजन्तु अभयारण्यहरूको पनि रहेका छन्।[५] यहाँ पाटे बाघ पाइन्छ।[६][७]
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]| वर्ष | जन. | ±% प्र.व. ±% |
|---|---|---|
| १९०१ | ७६२,६२८ | — |
| १९११ | ८१२,८५५ | +०.६४% |
| १९२१ | ८२६,६७९ | +०.१७% |
| १९३१ | ९१३,९३१ | +१.०१% |
| १९४१ | १,०२१,२१७ | +१.१२% |
| १९५१ | १,०७१,३८२ | +०.४८% |
| १०६१ | १,३२५,१२२ | +०.०२% |
| १९७१ | १,५८७,०१९ | +०.०२% |
| १९८१ | १,९७२,६१० | +२.२% |
| १९९१ | २,३३३,६६६ | +१.७% |
| २००१ | ३,०४३,४६६ | +२.६९% |
| २०११ | ३,९३५,०४२ | +२.६% |
| स्रोत:[८] | ||
सन् २०११ को भारतीय जनगणना अनुसार, पश्चिम चम्पारण जिल्लाको जनसङ्खया ३९,३५,०४२ रहेको थियो।[१०] जुन लगभग लाइबेरिया देश[११] वा अमेरिकी राज्य ओरेगनको बराबर हो।[१२] जिल्ला जनसङ्ख्याको हिसाबले भारतमा (कुल ६४० मध्ये) ६३औँ स्थानमा पर्दछ।[१०] जिल्लाको जनसङ्ख्या घनत्व प्रति वर्ग किलोमिटर ७५० मानिसहरू रहेको छ।[१०] सन् २००१-२०११ को दशकमा जिल्लाको जनसङ्ख्या वृद्धि दर २८.८९% रहेको थियो।[१०] पश्चिम चम्पारणमा प्रति १००० पुरुषको लागि ९०६ महिलाको लिङ्ग अनुपात रहेको छ, र साक्षरता दर ५८.०६% रहेको थियो।[१०] जनसङ्ख्याको ९.९९% सहरी क्षेत्रमा बसोबास गर्छन्। अनुसूचित जाति र जनजातिले क्रमशः जनसङ्ख्याको १४.०८% र ६.३५% ओगटेका छन्।[१०]
भाषाहरू
[सम्पादन गर्नुहोस्]भारतको सन् २०११ को जनगणनाको समयमा, जिल्लाको ९१.८६% जनसङ्ख्याले भोजपुरी, ३.३२% ले हिन्दी र २.९७% ले उर्दुलाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दथे।[१३]
भाषाहरूमा भोजपुरी समावेश छ, जुन बिहारी भाषा समूहको भाषा हो जसमा लगभग ५ करोड १० लाख वक्ताहरू छन्, जुन देवनागरी र कैथी दुवै लिपिहरूमा लेखिन्छन्। [१४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://tirhut-muzaffarpur.bih.nic.in वेब्याक मेसिन अभिलेखिकरण १६ मार्च २०१५ मिति
- ↑ "Bihar Economic Survey 2022-23", state.bihar.gov.in, अन्तिम पहुँच ७ मे २०२३।
- ↑ Prasad, Rajendra, "Satyagraha in Champaran", vvgnli.gov.in, अन्तिम पहुँच ३ मार्च २०२५।
- ↑ Srivastava, Dayawanti et al. (ed.) (२०१०), "States and Union Territories: Bihar: Government", India 2010: A Reference Annual (54th संस्करण), New Delhi, India: Additional Director General, Publications Division, Ministry of Information and Broadcasting (India), भारत सरकार, पृ: 1118–1119, आइएसबिएन 978-81-230-1617-7।
- ↑ Indian Ministry of Forests and Environment, "Protected areas: Bihar", मूलबाट २३ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण २३ अगस्ट २०११ मिति
- ↑ Jhala, Y. V.; Gopal, R.; Qureshi, Q., सम्पादकहरू (२००८), Status of the Tigers, Co-predators, and Prey in India, TR 08/001, National Tiger Conservation Authority, Govt. of India, New Delhi; Wildlife Institute of India, Dehradun, मूलबाट २ जुन २०१३-मा सङ्ग्रहित।
- ↑ Jhala, Y. V., Qureshi, Q., Sinha, P. R. (Eds.) (2011). Status of tigers, co-predators and prey in India, 2010. National Tiger Conservation Authority, Govt. of India, New Delhi, and Wildlife Institute of India, Dehradun. TR 2011/003 pp-302
- ↑ "Table A-02 Decadal Variation in Population Since 1901: Bihar", census.gov.in, Registrar General and Census Commissioner of India।
- ↑ "Table C-01 Population by Religion: Bihar", censusindia.gov.in, Registrar General and Census Commissioner of India, २०११।
- ↑ १०.० १०.१ १०.२ १०.३ १०.४ १०.५ "District Census Handbook: West Champaran", Census of India, Registrar General and Census Commissioner of India, २०११।
- ↑ US Directorate of Intelligence, "Country Comparison:Population", मूलबाट २७ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०११, "Liberia 3,786,764 July 2011 est." वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
- ↑ "2010 Resident Population Data", U. S. Census Bureau, मूलबाट १९ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११, "Oregon 3,831,074" = Archive.today अभिलेखिकरण २७ डिसेम्बर २०१० मिति
- ↑ १३.० १३.१ "Table C-16 Population by Mother Tongue: Bihar", censusindia.gov.in, Registrar General and Census Commissioner of India, २०११।
- ↑ M. Paul Lewis, सम्पादक (२००९), "Bhojpuri: A language of India", Ethnologue: Languages of the World (16th संस्करण), Dallas, Texas: SIL International, मूलबाट ६ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११।
